Logo

इरानमा मास्कको कालोबजारी, दश गुणा बढी मूल्यमा विक्री



एजेन्सी, २० फागुन । इरानमा मास्कको कालोबजारी भएको छ । बजारमा मास्कको अभाव भएपछि सामान्य मूल्यभन्दा दश गुणा बढी मूल्यमा विक्री वितरण हुन थालेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोग बढेको हो । अत्याधिक मास्कको माग भएपछि त्यहाँको स्थानीय बजारमा मास्कको अभाव देखिएको छ । काला बजारियाहरु मास्क लुकाएर बढी मूल्यमा विक्री गर्न थालेका छन् ।

इरानमा अन्य मेडिकल सामाग्रीहरुमा पनि कालोबजारी बढेको छ । त्यसलाई नियन्त्रण गर्न अधिकारीहरुले कालोबजारी गर्नेलाई नियन्त्रणमा लिन थालेका छन् ।

इरानमा कोरोना भाइरसको संक्रमणबाट ६६ जनाको ज्यान गइसकेको छ । १५०१ जनाको मृत्यु भएको छ । इरानका सर्वोच्च नेताका सल्लाहकारको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहम्मदीको सोमबार निधन भएको हो । उनी अयोतल्लाह अली खमेनीका सल्लाकार थिए ।-Photo Source: Voice of America



प्रतिक्रिया दिनुहोस्