डा. सुन्दरमणि दिक्षितः कोरोना भाइरसको संक्रमण फैलद नदिन नेपालमा त्यस्तो केही अपनाइएकै छैन । सुरुमै मैले भनेको थिएँ, ‘चिनीयाँ नागरिकको आगमनलाई तत्काल बन्द गर्नुपर्छ, प्लेन पनि बन्द गरौं । अमेरिका, अष्ट्रेलिया, क्यानडा त्यत्ति टाढाका मुलुकले बन्द गरेका छन् । हामी त छिमेकी हौं त्यसैले आवतजावत बन्द गर्नुपर्छ भनेको हो । यही फेब्रुअरी र मार्चको बीचमा मात्रै २७ सय चिनीयाँ टुरिष्टहरु नेपाल छिरेका छन् । तपाईले नेपालभित्र कोरोना पसेको छैन भन्ने ठान्नुभएको छ ? पुरै पसिकेको छ । रोगमा मात्रै देखिएको छैन । जब रोग देखियो भने नेपालले त्यसलाई थेग्ने क्षमता छँदैछैन । त्यो रोग विशेषज्ञ डाक्टर, नर्स छैनन् । प्रविधि पनि छैन ।
हामी चाहीं खाली टुरिष्ट आउ, आउ, भनेका छौं । त्यसले ‘टुरिष्ट आऊ हामीलाई खाऊ’ भने जस्तो भएको छ । अब चिनियाँ मात्रै होइन जुनसुकै बाहिरबाट आउनेलाई चेक गर्नुपर्ने भएको छ । अब त झन् खतरा भयो, किन भने कोरिया, जापानलगायतका मुलुकबाट लाखौंको संख्यामा नेपालीहरु डराएर आउँछन् । तिनले कति रोग लिएर आउलान् ? त्यसले छोएपछि नियन्त्रण गर्ने हाम्रो क्षमतै छैन । यसमा सरकारले सुरुमा पटक्कै ध्यान दिएन । डब्ल्यूएचओको हुई–हुईमा लागे, उसले प्लेन बन्द गर भन्दै भनेन । डब्ल्यूएचओको कुरा सुनेर नेपालले प्लेन पठाएको पठाए टुरिष्ट ल्याएको ल्याई गरिदियो । कोरियमा देखिइहाल्यो । एउटा चर्चबाट ९ हजार रोगीहरु देखिए । धर्म परिवर्तन गराउन आएका कोरियनहरु नेपालमा छ्याप्पछ्याप्पती छन् । फेब्रुअरी र मार्चको बीचमा मात्रै २ हजार कोरियनहरु आएका छन् । तिनले हाम्रा गाउँगाउँमा कहाँकहाँ पु¥याए होलान् जहाँ–जहाँ उनीहरुका चर्च छन् ।
भोजभतेर गर्नुहुन्छ तर, बन्द कोठामा नगरौं । कोरियामा जसरी चर्चबाट स¥र्यो नि । त्यो बन्द चिसो कोठामा हज्जारौं मान्छे बसेका सरेको हो । त्यसैले खुल्ला ठाउमा बसौं, माक्स लगाएर हिडौं । सभासम्मेलन गर्दा खुल्ला ठाउँमा गरौं ।
दक्षिण कोरिया र चिनियाँ नागरिकलाई तत्काल नेपाल आउन बन्द गर्न खोजे त सकिन्थ्यो । अहिले साउथ कोरियाले पनि रोक लगाइरहेको छ । जापानले गर्न लागेको छ, हामीले गर्नुपर्ने हो । त्यसो गर्न सक्ने हामीसँग कुनै हालतमा क्षमता छैन । अहिले चिनियाँ, कोरियन नागरिक मात्रै किन भन्नु त्यहाँ रहेका नेपालीलाई आफ्नो देश फर्किने अधिकार छ । उनीहरुलाई चेकजाच गरेर नियन्त्रण गर्ने क्षमता नै छैन । झन् हजारौंको संख्यामा रोग देखियो भने हामी चुर्लुम्मै डु्ब्छौं । फिलिपिन्समा रोग देखिनेबित्तिकै नेपालले सतर्कता अपनाउनुपथ्र्यो । चाइनाले आफ्ना नागरिकलाई अरु मुलुक नजाऊ भन्दा पनि हामीले टुरिजम आउँ भनेर बोलाउने गर्यौं ।
यसको तीन अगाडि पनि पर्यटन मन्त्री भन्दै थिए, ‘टुरिजम आऊ–आऊ’ भनेर । अनि अहिले रोकेर हुन्छ । अब त ‘नेपाल आऊ हामीलाई खाऊ’ भनेजस्तो भइसकेको छ । अब त अबेर भयो ‘रात गयो, अग्राख पलायो’ । हाम्रा बस्तीहरु एकअर्का घर जोडिएका छन् । खाली ठाउँ कहीं छैन । हाम्रो सरकारले डलर कमाउन खोज्दा त्यही डलरले मुलुकलाई खाँदैछ । हामीले प्लेन रोक्न सकेनौं, त्यसो भएपछि आएपनि लुकेर बस्दिन्छन् ।- वार्तामा आधारित