काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले उल्टो काम गरेको भन्दै उनलाई सभापति चुन्नु गम्भीर गल्ती भएको बताएका छन् । देउवाले आफू बलियो बन्न पार्टीलाई खतरामा पारेको भन्दै अब सभापति बन्न नदिने बताए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग मंगलबार विशेष कुराकानी गर्दै पौडेलले अहिले भातृ संगठनहरुको महाधिबेशन गराउनुपर्ने समयमा कसैको पनि महाधिवेशन नगराएर अनावस्यक समयमा कामविहीन पद बाँडेको बताए । आफु बलियो बन्न खोज्दा पार्टी र प्रजातन्त्रलाई नै खतरा पुर्याएको आरोप लगाए।
देउवा प्रधानमन्त्री हुँदा प्रजातन्त्र खतरामा परेको र सभापति हुँदा पनि त्यस्तै अवस्था आएको टिप्प्णी गरे । देउवाको कार्यशैली र व्यवहारले पार्टीमा द्वन्द मात्रै उत्पन्न गराएको बताए । देउवाले बेलैमा गर्नुपर्ने काम कुबेलामा आएर गरेकाले महाधिवेशनमा होमिएको कांग्रेसभित्र द्वन्द बढाएर पार्टीलाई बर्बादी तर्फ धकेलेको उनको भनाई थियो ।
पौडेलले विभाग गठन र केन्द्रीय समितिमा मनोनयन गर्ने पार्टी सभापतिको अधिकारलाई दुरुयोग गरेर पार्टीमा विवाद सिर्जना गराएको भन्दै देउवा पार्टी सभापति र प्रधानमन्त्री हुँदा पार्टी र प्रजातन्त्र जहिले पनि खतरामा परेको बताए ।
नेता पौडेलले भने, ‘उल्टो काम गर्नेलाई सभापतिमा चुनेर १३ औँ महाधिवेशनमा हामीले गल्ती गरेछौ । १३ औँ महाधिवेशनमा हामीबाट गल्ती भयो । अब हामी यस्तो गल्ती दोहोर्याउने पक्षमा छैनौ । कार्यकर्तालाई पनि यस्तो गल्ती नदोहोर्याउन आग्रह गरिरहेका छौ।’
विभागमा आफुहरु नजाने र कुनै पनि विभाग नचाहिने भन्दै पौडेलले भने,‘’हामी सहभागि हुदैनौ । हामीलाई चाहिदैन । अहिले विभाग नबनाउ । महाधिवेशनमा जाने काम गरौ । पार्टीलाई सक्षम बनाउ । सरकारलाई खबरदारी गरौ भन्दा यस्तो गर्नुभो । राम्रो काम गरेर लोकप्रिय बन्नुपर्ने समयमा राम्रा काम गर्नुपर्नेमा पार्टी विगार्नु भयो । यसले पार्टीलाई मात्र हैन देश र प्रजातन्त्रलाई नै असर पारेको छ ।”
अहिले पार्टीलाई बलियो बनाएर सरकारलाई खबरदारी गर्दै महाधिवेशन सम्पन्न गराउने पर्ने भूमिकामा रहेका पार्टी सभापतिले फेरी पार्टी र देशलाई नै संकटमा पुर्याउने काम गरेको आरोप लगाए । देउवाबाट सधै पार्टीमा विकृति, देशमा विकृति ल्यााउने काम मात्र भएको भन्दै उनले भने, ‘’जति सम्झाउदा पनि काम लागेन । उहाँलाई काम गर्न सहज होस भनेर उहाँका पछिपछि लागे । चुनावमा लागे, अरुमा उहाँसंग लागे तर, केही लागेन।”
सभापतिले पार्टि ध्वस्त बनाउन जति नराम्रा काम गर्दै गएपनि महाधिवेशनलाई सफल बनाएर नयाँ नेतृत्व ल्याएरै छाड्ने पौडेलको अडान छ । महाधिवेशन सम्पन्न गर्नुपर्ने समय विभागै विधाग थपेर मात्रै देउवा बलियो हुन नसक्ने भन्दै उनले अब योग्य र राम्रा व्यक्तिहरुलाई मात्रै पार्टीमा ल्याउने र क्रियासिल सदस्यमा पनि सक्षम लाई मात्रै ल्याएर कांग्रेस र प्रजातन्त्रको भविश्यलाई उज्जल बनाउने बताए ।
नेता पौडेलले भने, सभापतिले महाधिवेशनलाई प्रभावित बनाउन पद बाँडेको हो । तर, हामी कांग्रेसलाई संकटबाट मुक्त बनाउने छौ । कांग्रेसमा विकृति आए देशमा र प्रजातन्त्रमा विकृति आउछ । हामीले देशभरीका साथिहरुलाई १३ औँ महाधिवेशनको गलती नदोहोर्याउन भनिरहेका छौ । महाधिवेशनमा हाम्रो एक मत छ । सवैलाई पद चाहिन्छ भन्ने छैन । हाम्रो पक्षबाट एकजना मात्र सभापति हुन्छ र अर्को भनेको देउवा पक्षबाट हुन्छ । हामी उहाँको पक्षलाई सभापति बन्न दिदैनौँ ।
उहाँले आफ्नो चाहना ठुब्न लागेको कांग्रेसलाई उकासेर ल्याउने भएको र यसबाट कांग्रेसले नयाँ जिवन प्राप्त गर्ने बताए । यो देशलाई भ्रष्टाचारबाट मुक्त गर्ने र कांग्रेसलाई सफा बनाएर लाने बुटी आफुसंग रहेको भन्दै पौडेलले ‘देशलाई भ्रष्टाचारबाट मुक्त गर्नुपर्छ । कुर्चीका लागि तिनतिर हुने र खाने बेलामा एक ठाउमा आउने नेताको काम छैन । किन्ने र किनिने लाई अब पाखा लगाउनुपर्छ भने ।
प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै देशमा उपचार गर्नु राम्रो भएको र उहाँको आँट र इच्छा शक्ति पुराका लागि कामना पनि गरे। आफुले पनि टिचिङमा नै सधै उपचार गराउने गरेको प्रसंग उल्लेख गर्दै पौडेलले सवै नेताले स्वदेशमै उपचार गर्नुपर्ने अहिले आएको कोरानको रोक थामका लागि सरकारले सवै व्यवस्था गर्नु पर्ने बताए।