Logo

राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित



काठमाडौँ, २० फागुन। राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ १० मा निर्वाचित भइसकेका छन् भने एक जना सरकारको सिफरिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकि छ ।

राष्ट्रिय सभामा पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो । कूल ५९ मध्ये तीन सदस्य राष्ट्रपतिले मनोनित गर्नुभएको थियो । राष्ट्रिय सभा सदस्य चयन विधि अनुसार क्लस्टर विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरिएको थियो । जसमध्ये २० जनाको कार्यकाल आजबाट सकिँदैछ ।

पहिलो पटकको गोला प्रथामा दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २० र २० जना सदस्य चयन भएका थिए । आजबाट दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेकपाका नौ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना सांसद रहेका छन् ।

माघ १० मा भएको निर्वाचनमा एक सिट पनि जित्न नसकेको कांग्रेस १३ सिटबाट ६ सिटमा समिति भएको छ ।

कार्यकाल सकिनेहरु
आजदेखि कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन् ।

नेकपाबाट डा. युवराज खतिवडा, हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको कार्यकाल सकिएर घर फर्कँदै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot