Logo

गाँजा खेती खुला गर्नेसम्बन्धी विधेयकमा ९९ प्रतिशतको समर्थन छ : सांसद तामाङ (भिडियोसहित)



काठमाडौं,, २० फागुन । सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न संसद सचिवालयमा विद्येयक दर्ता गराएपछि पहिलोपटक आफ्नो प्रतिक्रिया राखेका छन् । उनले आफूले दर्ता गराएको विद्येयकमा ९९ प्रतिशतको समर्थन रहेको सुनाएका छन् । विधेयक दर्ता गराएका सांसद तामाङले गाँजा खेतीलाई खुला गरेमा विदेशिएका नेपाली युवा स्वदेश फर्किने, रोजगारी सिर्जना हुने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आय–आर्जन बढाउन सकिने जिकिर गरेका छन् ।

https://youtu.be/wekjdJS066U

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सांसद तामाङले गाँजा बहुउपयोगी वनस्पति भएको भन्दै नेपालमा गाँजा खेतीलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेती गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । विधेयकमा अनुमति लिएरमात्र गाँजा खेती गर्न पाउने व्यवस्था उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्