Logo

इच्छाको कुनै अन्त्य हुँदैन



खुशी र शान्तीको खोजी सर्वव्यापी हो । दुखी भई कोही पनि बाँच्न चाहन्न । मानिसहरु फरक फरक तरिका वा आफ्नो इच्छा पुर्तिको माध्यमबाट खुशी प्राप्त गर्ने प्रयास गर्छ । हाम्रो कोशिश आफ्नो इच्छा पुरा गर्नमा नै हुन्छ । हाम्रो इच्छाको कहिल्यै अन्त्य नै हुदैन । एक इच्छा पुरा भए अर्को इच्छा सुरु हुन्छ ।

जब कुनै इच्छा पुरा हुन्छ, तब अर्को कुनै इच्छा आइसकेको हुन्छ, यसै गरी हाम्रो जीवनको गुजारा चलिरहेको हुन्छ । थोरै समयको लागि खुशी आउने गर्छ । सम्बन्ध बिच्छेदले धेरै नै दुख दिने गर्छ, जीवनमा कहिले कहिले खुशी क्षणिक महसुस गरिन्छ, यो त अस्थाई वा भ्रम मात्र हो जस्तो लाग्छ । प्रत्येक वस्तु एक न एक दिन त नष्ट हुने नै हो ।

हामी हाम्रो प्रीय वस्तुलाई छोडेर पनि एक दिन यस संसारबाट जानु नै पर्छ । त्यसैले हामीले लिने इच्छा पनि सहि हुनुपर्छ, हाम्रो ध्यान पुरै इच्छा पुरा गर्न लागिरहेका हुन्छौ । सही वा स्थायी इच्छा एक मात्र स्रोत हो, जुन कहिले पनि नष्ट हुँदैन ।

सच्चाई वा स्थायी खुशी केवल परआत्मा हो । जसलाई कसैले जीवनबाट वा मुत्यु पछि पनि छिन्न सक्दैन । यदि हामीले साचो आत्माबाट आत्मिक स्वरुपको अनुभव गरेमा हामीलाई धेरै खुशी र प्रेम मिल्नेछ । जुन खु्शी संसारका कसैको इच्छा पुर्तीबाट पनि मिल्न सक्दैन ।



प्रतिक्रिया दिनुहोस्