Logo

कोरोना संक्रमणबाट बच्ने के खाने



चीनबाट फैलिएको खतरानाक भाइरस आजसम्म तीन हजार मानिसहरुको ज्यान गइसेकेको छ । जब कि ९० हजार मानिसहरु यसबाट संक्रमित भएका छन् ।

चिकित्सक र वैज्ञानिकहरुले खतरानाक भाइरसबाट जोगिन आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्ने बताएका छन् । दश सेकेन्डमा यो भाइरसले आक्रमण गर्न सक्ने पत्ता लागेको छ । यस आपतकालिन अवस्थामा प्रतिरक्षा प्रणाली को ख्याल राख्नका लागि प्रतिरक्षा प्रणाली बढाउने खानाहरुको सेवन गर्नु आवश्यक पर्छ । डाक्टरहरुको सल्लाह अनुसार आफैले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउन लाग्नु पर्ने देखिएको छ ।

अलसी

अलसीले सानो–सानो बिऊले धेरै थरिका रोगहरुका जोखिमबाट बचाउँछ । कोलेस्ट्रोल, क्यान्सर जस्ता घातक रोगहरुबाट बचाउने गर्छ । यसले तपाईको दिल देखि दिमागसम्म स्वस्थ राख्दछ । यसमा एन्टी एर्लजिक सीलियम र ओमेगा ३ फेटी एसिड हुन्छ । एक चम्चा अलसीको बिऊमा तातो दुधको साथमा पिउँदा वा सलाद वा दहिको साथमा सेवन गर्दा तपाईको प्रतिरक्षा प्रणाली बढ्ने गर्छ ।

तुलसी

तुलसीमा एक भाइरल प्रतिरोधात्मक र एन्टि एन्फ्लेमेट्री जस्ता औषधीले भरिपुर्ण शक्तिशाली तत्व छ । यसले प्रतिरक्षा प्रणाली बढाउँछ । खुर्सानी र तुलसीको पात हरेक दिन खाली पेटमा खाएमा रोगसँग लड्ने क्षमता बृद्धि गर्नूृको साथै शरीरलाई धेरै फाइदा गर्छ ।

सुर्यमुखीको बिऊ

सुर्यमुखीमा बीऊहरुमा सेलेनियम धेरै हुन्छ, हाम्रो शरीरमा हुने क्षतिलाई पूर्ति गर्दछ । यसलाई एक्लै वा सलादको साथमा पनि खान सकिन्छ । यसमा भिटामिन ‘ई’ धेरै हुने भएकोले कुनै प्रकारको बाह्य संक्रमणबाट पनि जोगाउँछ ।

बेसार

एंन्टि आँक्सिडेन्ट र इफ्लेमिट्रीले भरिपुर्ण बेसारले तपाईको शरीरमा हुने एलर्जीसँग लड्न र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्छ । तातो दुधमा एक चम्चा बेसार हालेर पिउँदा निकै फाइदा हुन्छ ।

अदुवा

अदुवामा एंटीआक्सिडेन्ट र इफ्लेमिटी पाइन्छ । एंटी भाइरल र जिजराले भरपुर अदुवा तपाईको प्रतिरक्षा प्रणाली बढाउनमा सहयोग गर्दछ ।

दालचिनी

पालिफेनाल्स र प्लांट एंटीआक्सिडेन्टले भरपुर दालचिनी तपाईँको प्रतिरक्षा प्रणाली बलियो बनाई दुरुस्त राख्दछ । खासगरी चिसो र सिजनल फ्लु मा दालचिनी आफ्नो एंन्टी भाइरल र एंटी फगल गुणका कारण औषधीको काम गर्दछ ।



प्रतिक्रिया दिनुहोस्