रोल्पा, २० फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको हो । स्वागत कार्यक्रममा पूर्वसभामुख महराले आफू सधैँ जनता र राष्ट्रियताका पक्षमा लड्ने बताए ।
महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दा लागेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई सफाई दिएको हो । अदालतबाट सफाई पाएर रिहाई भएपछि महरा यसअघि आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका थिए । दाङका विभिन्न ठाउँमा उनलाई भव्य स्वागत गरिएको थियो । file photo/Location-Dang