Logo

राष्ट्रपति भण्डारीबाट प्रमको स्वास्थ्यलाभको कामना



काठमाडौं, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् ।

उनले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन्। यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot