Logo

कोरोना त्रास सर्वत्र, सकिन थाल्यो औषधि



काठमाडौं, २१ फागुन । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्।

‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए। व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्। पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आ िश्रत छन्। ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्।

‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन्।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन्। यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ। यही कारण कच्चापदार्थको मूल्य बढ्न थालेको छ। यद्यपि नेपाली कम्पनीसँग करिब दुई महिना औषधि उत्पादन गर्न सक्ने कच्चापदार्थ मौजदात रहेको व्यवसायी बताउँछन्। ‘हाम्रो उत्पादन संरचनाले नै अहिले अर्डर गरेको सामान आउन २(३ महिना लाग्छ,’ शर्माले भने, ‘औषधि कम्पनीले २(३ महिनाका लागि पुग्ने कच्चापदार्थको मौज्दात राखेका हुन्छन्।’ कच्चापदार्थ आयात ठप्प भएको एक महिना बित्न लागेको छ। कच्चापदार्थ अभाव भए औषधिको मूल्य पनि बढ्ने व्यवसायी बताउँछन्। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot