Logo

देउवाको ओत लाग्दै सिटौला



काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसको अघिल्लो १३ औं महाधिवेशनमा आफूलाई साथ दिएका नेताले धमाधम छाड्दै गएपछि कृष्णप्रसाद सिटौला अन्तत सभापति शेरबहादुर देउवाको ओत लाग्न पुगेका छन् । पछिल्लो कार्यविभाजनमा दूई आमन्त्रीत केन्द्रिय सदस्य र एक विभाग प्रमु्ख पाएपछि सीटौला संस्थापन समुहसँग घुस्रन पुगेका हुन् ।

अघिल्लो महाधिवेशनमा सटिौलालाई काँधमा बोकेर हिँडेका युवा नेता गगन थापा, उमाकान्त चौधरी लगायतले साथ छोडेपछि तिलिमिलाएका उनी कांग्रेसभित्रको पछिल्लो कंचिगंलमा रामचन्द्र पौडेल समुुहको भेला बैठकमा जाने गरेका थिए । तर, पौडेल समुहले देउवाको जति विरोध गरे पनि केहि गर्न सक्ने आँट नदेखेपछि उनी पुनः देउवातिर लागेको बताइन्छ ।

सिटौलाले पनि साथ दिएपछि गर्दै आएका छन् । २० वटा विभाग गठन गर्दा पौडल समुहलाई एकजना पनि दिएनन् । आमन्त्रति सदस्य पनि सुधिर शिवाकोटी र गोपाल बस्नेत दुईजना सिटौलालाई दिए भने विभागमा एकजना शिव हुमागाई सिटौला समुहलाई दिएर १९ जना आफ्नो समुहका राखे ।- बुधबारबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot