Logo

अस्पताल भर्ना हुनुअघि ओली–नेपालबीच गहिरो संवाद



काठमाडौं, २१ फागुन । पछिल्लो पटक प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने मिती तय भइसकेको र आफू अस्पताल भर्ना हुने जानकारी गराएलगत्तै बालुवाटारमा बोलाएर वरिष्ठ नेता नेपालसँग दूई घण्टा लामो छलफल गरेका छन् । उनीहरुबीच गौतमकै विषयमा केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले गौतमको नाम अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई रोक्ने तुरुपका रुपमा प्रयोग गरिएको भन्दै असन्तुष्टि राख्दै आएका छन् । नेपालसँगको पछिल्लो भेटमा पनि त्यस्तै गुनासो राख्दै ओलीले एक महिना अघिसम्म आफुले प्रस्ताव गर्दा संविधान संसोधन नभएसम्म साँसद नबन्ने अडानमा रहेका गौतम कसरी बिना र्सत तयार भए ? भन्ने जिज्ञासा राखेको बुझिएको छ । भेटमा आफुमाथी नियोजित रुपमै घेराबन्दी भएको गुनासो पनि ओलीले गरेका थिए । तर, नेपालले भने निर्णय कार्यान्यन नहुँदा बहुमत र अल्पमतको अंकगणितका कारण पार्टीमा गहिरो संकट उत्पन्न हुन सक्ने भन्दै मध्यममार्गी उपायबाट भए पनि समस्या सुल्झाउनुपर्ने सुझाव दिएका थिए ।

नौ सदस्यीय सचिवालयमा गौतमलाई पठाउने बारेमा ७-२ को अवस्था छ । निर्णयका क्रममा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल गौतमलाई पठाउन नहुने पक्षमा र बाँकी पठाउनुपर्ने पक्षमा उभिएका थिए । प्रधानमन्त्रीले गौतमको नाम सिफारिस नगरेको खण्डमा निर्णयको पक्षपोषणमा लाग्नु पर्ने अवस्था आउने भन्दै नेपालले गौतमको सिफारिसबाट सरकारको नेतृत्व वा मन्त्रीपपिरषद् हेरफेरका सन्र्दभमा कुनै नयाँ निर्णय नहुने कुरामा समेत आश्वस्त तुल्याउने प्रयास गरेका थिए । त्यति मात्र होइन, नेपालले अहिलेसम्म अर्थमन्त्रमिा खतिवडालाई नै निरन्तरता दिएर गौतमलाई सांसद मनोनयन गर्न सकिने मध्यमार्गी सुझावसमेत राखेका छन् । ओली अस्पताल जानुअघि दुई नेताबीच लामो तथा गहिरो संवादलाई अर्थपुर्ण रुपमा हेरिएको छ । –बुधबार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot