Logo

बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा



काठमाडौ, फागुन २१ । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनलाई नक्कली प्रमाणपत्र पेश गरी सेवामा बढुवा खाएको भन्दै आरोपसजाय हुन मागदाबी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पद धारण गरिरहेकोले कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।
कार्कीले मगध विश्वविद्यालय बोधगया भारतबाट बि.कम उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्रहरु प्रमाणिकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot