Logo

नेतामाथि प्रहारको भित्री पाटो



डा.कृष्ण कुमार तामाङः रोमाञ्चक खबरले नेपालीका मन मष्तिष्कमा तरङ्ग पैदा नहुनु अबका दिनमा आश्चर्य रहेन । अस्वाभाविक घटनाक्रमहरु सबै सामान्य ढंगबाट लिन थालिएकाले अनहोनी विकासका निरन्तरताले प्रश्रय पाएको लक्षण केही अघिदेखी भएको हो जसमा कसैको ध्यान नगएको दावा गर्न सकिन्छ । अझ विस्मयकारी प्रसंगहरु उद्घाटित हुन ब‘ाकी छन् भन्न शंका लिनु पर्दैन । खुलस्त गरी भन्दा केही दिन अघि अप्रत्याशित ढंगबाट पूर्व प्रधानमन्त्री प्रचण्डमाथि भएको हमलाकाण्ड सामान्य थिएन ।

वर्तमान नेपालको विगतमा क्रान्तिको नेतृत्व लिएका व्यक्तित्वलाई हेरिने दृष्टिकोणहरु फरक पाइन्छन् । कोही कसैका मतमा अन्तर्राष्ट्रिय अदालत समक्ष न्यायका लागि आवाज उठाइनुु पर्दछ भन्नें समाजिक संजालहरुमा नआएका होइनन् । अर्का थरीकाहरुमा ऐतिहासिक परिवर्तनका बाहकलाई नोबेल शान्ति पुरस्कृत गरिनु पर्दछ भन्नेको पनि कमी छैन । शान्ति सम्झौतामा साझेदारी गरी शान्ति बहाली भएको मेलमिलापपूर्ण नयांँ गणतन्त्र नेपालमा भूतकालको स्मरण गर्दै रिस पोख्नुु कति जायज होला रु पुराना घाउहरु सहेर विर्सेर आपसी समझदारी बनि सकेको परिप्रेक्ष्यमा तात्कलीन विद्रोही र सामन्तिको लडाई चर्काएर फेरी अशान्ति मच्चाउन प्रयत्न गर्नेहरुको जमातदेखि नेपाली जनता सचेत हुुनु जरुरी छ ।

घटनाका कारक वास्तविकता – उपरोक्त घटना मिति २०७६ फागुुन १८ गते काठमाडौंमा भएको पहिलो होइन । प्रचण्ड उपर भएको त्यो दोश्रो घटना थियो भनें अन्य पूूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र झलनाथ खनाल वरिष्ठ राजनेताका हैषियतमा चिनिने लगायत अन्य शिर्ष राजनेताहरुले अवाञ्छित तिरस्कार बेहोरी सकेका छन् । देश र जनताका लागि समर्पित नेताहरु मान र अपमानका हिसाब गरेर बस्दैनन् र तिनलाई फुर्सद पनि हुदैंन तर राज्य र जनतालाई यसको वास्ता हुन्छ । राष्ट्रको प्रतिनिधित्व गर्ने अभिभारा लिएकाहरुप्रति गरिने गम्भीर आपत्तिजनक अपराधले संवेदनशील अर्थ राख्दछ । असन्तुुष्टि, क्षोभ र आवेशका कारण घटनाले मुर्त रुप लिएको भनि पन्छिन मिल्दैन । यस्ता घटना के कारण भए विश्लेषण गरिनुका अतिरिक्त भावी दिनहरुमा अरु थप घटित हुन नदिन प्रतिकारात्मक उपायहरुका साथ योजना तथा नीतिहरु तर्जुमा गरिनु पर्दछ ।

राजनीतिक उपेक्षा – अप्रिय घटना हुनुु पछाडी राजनीति गर्नेहरुको देशमा विद्यमान शैक्षिक, सामाजिक, आर्थिक, कृषि, औद्योगिक, प्रशासनिक तथा न्याय सम्बद्ध आदि विविध विषयहरु प्रति उपेक्षाको दृष्टिकोण मुख्य कारणी हुन् । राजनीतिक उद्देश्य लिई जनताका भावना प्रतिबिम्बित गर्ने अठोट लिएका बाचाहरु सबै हावामा विलीन भए मात्र पनि शायद चित्त बुझाएर उचित समयको प्रतिक्षामा जनता बाटो हेरी बस्थे होलान् अपितु आडम्बर र विलासी शैलीमा लिप्त हुदैं जनतामा अत्यधिक करको भार थोपरेर राज्य सुविधा भोग्दै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न असली चरित्रको पर्दाफाशले बेरोजगारी र महंगीले पिरोलिएका जनतालाई राहतका विकास कार्य शुन्य बराबर हुनुुले थप शोषणमा परेको बोध गराएको छ । जनताका हैसियतमा जनताबाटै निर्वाचित भएर सत्तामा पुगि शाही परिवारले नगरेका राजशी वैभवमा निर्लज तरिकाले अशोभनीय इतिहास रच्न गैरजिम्मेवार बन्नु तिनका नैतिकताले छेक्दैन । सिद्धान्त, आदर्श र नैतिकता गुमाएका नेताहरुकै कारण जनतामा गणतान्त्रिक लोकतन्त्र विरुद्ध वितृष्णा जाग्नु र विकल्पको खोजी गर्नु अन्यथा होइन ।

जनचाहनाको स्थान – चुनावताका नेताका भाषण र आश्वासन अनुरुप विकास नहुनाले जनतामा सर्वाङ्खिण राजनीति घृणाको पात्र र झुठको आधार बनेको धारणा सर्वत्र जनमानसमा व्याप्त भएको भान हुन आउँछ । देखावटी राष्ट्रवादको नाराले आशा जगाएर जनता झुक्याउन सक्नुमा सफलता देख्नेहरुलाई पहिचान गर्न नसक्नु जनताको सोझोपन हो । जनप्रतिनिधि भनिनें सबैमा सिंगापर, चीन, मलेशिया र भारतका केजरीवाल, नरेन्द्र मोदी, योगी आदित्यनाथ जस्ता विकासपे्रमी नेताहरुको छवी खोज्नु गलत साबित भइ सके । दीर्घकालीन वृहत देश, समाज र परम्परागत अभ्यासहरु बदल्न समय लाग्नाले संयम लिनुको विकल्प छैन । कालान्तरमा क्रमिक विस्तारसंग एक पछि अर्को गर्दै विकासका फड्को लिने गति सुस्त देखिनाले अत्यास लाग्नु मानवीय स्वभावमा नियन्त्रण अनिवार्य शर्त हुुन् ।

यथार्थपरक सन्तुुलन – सर्वसाधारण जनताका उद्वेग राष्ट्र निर्माणमुुखी बनाउनमा राजनीतिको सही परिचालनले सर्वोपरि महत्व राख्दछ । सत्ताको मद्मा सदाचार र आदर्श लत्याएर भोगविलास र कालाधन उपार्जनमा केन्द्रित हुनु राजनीति होइन । शासन प्रणाली र दलको नाम फेरिए पनि पुरानै आजीवन मन्त्री खान पल्केका आत्माहरुलाई भोटले शान्त पार्नु जनतालाई कस्तो वाध्यता हो ? निर्वाचनको माध्यमबाट व्यभिचार र भ्रष्टाचारले डामेकाहरुलाई सय–पचास किलोका फूलमाला अबिरले ढाकेर शोभायात्रा गरेको भूलको प्रायश्चित गर्न पञ्च वर्षिय अवसर आर्उँछ, सदुपयोग गर्न जान्नु पर्दछ । राज्यले आफ्ना सुशासनको प्रत्याभुतीको स्तर कुन हद र तहसम्म पुगेछ सर्वेक्षण गरेकै हुनु पर्दछ । महंगा सवारी, साधनश्रोत जुटाएर देश विकास नहुने, रोजगारीेका ऋजनशील नीति र परियोजनाका सपना बाँडेर पुग्दैन भनि रहनु परेन । बेलाबखत प्रष्फुुटन र विष्फोटन हुने जनताका लहडको लहरको मुल्याङ्कनले मार्गदर्शन गर्नेमा एकतर्फी सोंचले राज्यशक्तिको दुरुपयोगलाई बल मिल्न सक्दछ । सकारात्मक दृष्टिकोणबाट दुरगामी निदानको अख्तियारी लोक कल्याणकारी हुन्छ । कुनै नेतामाथि कसैले सनकीपन देखाएकोमा रमाउनु वा आलोचना गर्नु भन्दा निष्पक्ष मन्थन स्वस्थकर हुन्छ । व्यक्तिलाई लक्षित गरेको त्यो प्रहार खासमा देशको शासन व्यवस्थाप्रतिको तितो सत्य उजागरको चुनौती हो । राजनेतालाई जुत्ता प्रहार विश्वमा अनौठो होइन भनि हल्का लिनु कदाचित ठूलो गल्ती हुनेछ । विगतका दुव्र्यवहार सहने र सदासयता राख्ने प्रवृत्ति हानिकारक भएको छ । नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हकको घोर उल्लंघनमा सम्झौता गरिनुु कानूनी व्यवस्थाको मानमर्दनलाई दुरुत्साहन हुन जान्छ । समयमै यथोचित सम्बोधनका बहुआयामिक पक्षहरु मनन गरिनु पर्दछ ।- लेखक अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुन् र सुरक्षा मामलामा कलम चलाउँदै आएका छन्



प्रतिक्रिया दिनुहोस्