Logo

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सफलतासँगै स्वास्थ्य स्थिर (अस्पतालको फोटोफिचर)



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणसँगै स्वास्थ्य अवस्था स्थिर रहेको छ । ओलीको स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरु डा. प्रेमकृष्ण खड्गा, डा. अरुण सायमी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन् ।

ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।

यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोली थियो ।

यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्यलगायतका टोलीको सहभागिता रहेको असपतालले जनाएको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot