Logo

अर्थमन्त्रीमा डा. खतिवडाको पुनरागमन (सपथको फोटोफिचर)



काठमाडौं, २१ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएको भोलिपल्टै सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी सम्हाल्ने गरी सपथ दिएकी हुन् ।

डा. खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल हिजो मध्यरातिबाट समाप्त भएको छ । अब उनी सांसद नरहेकाले छ महिनासम्म मन्त्री रहनसक्छन् । छ महिनापछि मन्त्रीमा निरन्तरताका लागि उनी सांसद बन्नुपर्ने अनिवार्य हुने संवैधानिक व्यवस्था छ ।

 –तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot