Logo

सास फुल्ने समस्या



सास फुल्ने समस्या तपाईको वरिपरि वा नातेदार कोही कसैलाई हुन सक्छ । सास तान्न कठिन हुने वा सास फुल्ने एउटै हो । यो समस्या केही कारणले हुन सक्छ ।

मोटोपनः मोटोपन यो समस्याको प्रमुख कारण हो । मोटो मानिस तलबाट माथी सिढी चढ्दा खेरी सास फुल्ने गर्छ ।मोटोपनको नियन्त्रण गर्दा सास फुल्ने रोगबाट बच्न सकिन्छ ।

महिनावारीमा धेरै रक्तश्रावः महिनाबारी हुँदा धेरै रक्तश्रावको कारण शरीरमा रगतको कमी हुन जान्छ, जसको कारण अमिनिया हुनसक्छ र यो समस्या सास फुल्नेको एक ठुलो कारण बन्ने गर्छ ।

सुनिनुः श्वास नलीको शाखामा सुनिनुको कारण पनि सास फुल्ने समस्या हुनेृ गर्छ ।

छातीः छाती सम्बन्धि कुनै पनि किसिमका समस्या भएमा सास फुल्ने गर्दछ ।फोक्सोको समस्याको कारण अक्सिजन सोस्ने क्षमता कम हुने भएकाले तलै देखि चल्नलाई सास फुल्न पर्छ ।

दिलको समस्याः दिल सम्बन्धि समस्याको कारण पनि सास फुल्ने समस्या आउछ ।

धुम्रपान, मद्यपान र रक्सीका सेवनः कुनै पनि किसिमका रक्सी वा धुम्रपान र मद्यपान गर्ने मानिसलाई सास फुल्ने समस्या हुने गर्छ ।

बच्ने उपाय

नियमित व्यायाम गर्ने

घाम ताप्ने

फल वा सलादको दिनहुँ प्रयोग

प्रोटिनयु्क्त आहार



प्रतिक्रिया दिनुहोस्