Logo

पुटिनले भने- कोरोना भाइरस रुसमा फैलिएको झुटा खबर विदेशीले फैलाए



एजेन्सी, २१ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसबाट झुटा खबरहरु फैलाइएको भन्दै चासो व्यक्त गरेका छन् । उनले रुसमा कोरोना भाइरस फैलाइएको झुटो खबर विदेशबाट फैलाइएको बताए ।

रुस सरकारको उच्च अधिकारीसँग आज भएको छलफलमा पुटिनले संगठित रुपमा गलत खबर फैलाइएको बताएका हुन् । गलत खबरप्रति सचेत भई त्यसलाई समयमै काउन्टर दिएर रुसी जनतालाई सही जानकारी गराइहाल्नुपर्ने समेत बताए ।

चीनसँग सीमा जोडिएको रुसमा कोरोना भाइरसबारे विभिन्न खबर फैलाइएको छ । चीनको वुआनबाट फैलिएको कोरोना भाइरसका कारण संसारभर तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ९० हजार संक्रमितको तथ्यांक बाहिर आएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्