कोरोना संक्रमणबाट बच्नको लागि सबैभन्दा धेरै हात धोनु पर्छ, हालसम्म हामीले लापरवाही गरिरहेका छौं । हात धुनु सबैभन्दा सजिलो हो तर धेरै मानिसहरुले हात धुने सही तरिकाबारे समेत जानकार छैनन् । यसै कारण संक्रमण धेरै फैलिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कंट्रोल ले कोरोनाको बढ्दै गएको त्रास देखेर मानिसहरुको ‘हैड हाईजीन’ माथि निकै नै जोड दिएको छ ।
अमेरिकाको सेन्टर फर डिजीज कंट्रोल ले हात धुने पाँच भागमा जारी गरेको छ । सीडीसीले मानिसले नियमित अन्तरालमा हात धुनेका सहि तरिका जाने र यही तरिका अनुसार हात सफा पनि गर्ने र अरुलाई पनि सफा गर्न प्रेरित गर्नुपर्दछ ।
दिनमा पाँच पटक हात धुने
विश्व स्वास्थ्य संगठनका अनसुार कुनै पनि संक्रमणबाट जोगिन दिनभरमा पाँच पटक हात धुनु आवश्यक हुन्छ ।
हातको नङ सानो र सफा राख्ने
कुनै काम गर्ने बित्तिकै हात धोेइहाल्ने
हात कसरी धुने त
हात तातो वा चिसो पानीले धुने
हात साबुन पानीले धुने
साबुन लागेको हातको औलाको बीच र नङको भित्र राम्रोसँग रगड्ने
२० सेकेन्ड दुइटै हात राम्रोसँग रगड्ने
यस क्रममा ‘हेप्पी बर्थडे’ गीत दूईपटक गाउने
सफा पानीले हात धुने
सफा तौलियाले हात राम्रोसँग पुछ्ने वा हेयर ड्रायरले हातलाई सुख्खा बनाउने
हात धुने साबुन र हात पुछ्ने फरक फरक तौलिया प्रयोग गर्ने
हात घाममा सुकाउने