महिलाको जीवनमा रजस्वलाले एक भारी परिर्वतन लिएर आएको हुन्छ । मासिक धर्मचक्र र प्रजनन क्षमताको अन्त्य महिनाबारी भएको १२ महिना पछि मात्र पुष्टि हुने गर्छ । महिला रजस्वला बन्द भएमा गर्भधारण हुन सक्दैन । मासिक धर्म सुकेपछि विभिन्न लक्षणहरु आउँछन् । ती हुनः तौल बढ्नु, मुडमा उतारचढाव हुनु, योनीको सुख्खापन, टाउको दुख्नु, निन्द्रा नआउनु ।
हर्मोनको उतार चढाव विशेष रुपमा एस्ट्रोजन र प्रोजेस्टेरोनमा कमि आई रजस्वलासम्बन्धि धेरै समस्या आउने गरेको छ । स्वस्थ तरकारी र फलफुलको सेवन गरेर रजस्वलामा हुने समस्याहरु घटाउन सहयोग हुने बताएको छ । रजस्वला भएको समयमा महिलाको शरीरमा शारीरीक र मानसिक परिर्वतन आई केही परिर्वतन भएको महिलाहरुले महसुस गर्ने बताएका छन् ।
यसको समस्या भएमा मुटुको तापक्रम अचानक बृद्धि भई कमी आउने हुन्छ । दिलको धड्कन र चिन्ता , तनाब वा डर को भावना उत्पन्न हुन सक्छ । विश्वभरका महिलाको रजस्वलाको औसत उमेर ५१ हो । तर नेपाल र भारतका महिलाहरुको लागि ४६ वर्ष हो । ४५ देखि ५० वर्षको उमेरमा कुनै पनि दिन रजस्वला रोकिन सक्छ ।
अध्ययनका अनुसार रजस्वला रोक्नको लागि परिर्वतन भई जीवनशैलीको कारक पत्ता लगाई पहिचान गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ । यसको उपचारको लागि हर्मोन थेरापी गनुर्् राम्रो हुन्छ ।
अध्ययनले एक स्याउको दाना खाँदा रजस्वलाका लक्षणहरुबाट टाढा राख्न सहयोग गर्छ । अन्वेषकहरुको अनुसार स्वस्थ फलफुल र तरकारीहरुले धेरै किसिमका फाइदा पु¥याउँछ, तर विभिन्न रजस्वलाका लक्षणलाई पनि आहार छनौट राम्रो हुनुपर्छ ।