Logo

जब प्रकाशमान सिंह जंगिए (फोटोसहित)



काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका विरोधी पक्षका दोस्रो र तेस्रो पुस्ताका नेतालाई धमाधम तानेर जिम्मेवारी दिइरहेको बेलामा चाक्सीबारीमा एउटा भेला भयो । आज पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत सहभागी थिए ।

भेलामा प्रकाशमान सिंह कडा रुपमा प्रस्तुत भए । उनले नेताहरुलाई एक भएर देउवाविरुद्ध आगामी महाधिवेशनमा तयार हुन भने ।

कुनैबेला देउवासँग थिए सिंह । तर, असन्तुष्ट हुँदै तत्कालिन सभापति सुशील कोइरालाको पक्षमा गए । यतिबेला उनी देउवाविरुद्ध सम्भावित सभापतिको उम्मेदवारका रुपमा हेरिएका नेतामा पर्छन् । गणेशमान सिंहका छोरा प्रकाशमान जति निडर छन् उतिनै संयमित भएर राजनीतिमा सक्रिय छन् ।

Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot