रोम, फागुन २२ । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ।त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो।प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्।
देशको उत्तरी क्षेत्रमा ३,००० भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ। तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि सङ्क्रमण फैलिएको पुष्टि भइसकेको छ।
विश्वभरिमा झन्डै ३,२०० जनाको मृत्यु भइसकेको छ भने ९०,००० बढी मानिस सङ्क्रमित भएका छन्।बिरामी र मृतकको सर्वा्धिक सङ्ख्या चीनमा छ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले हालसम्म कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीका घोषणा गरेको छैन। तर बुधवार जर्मनीका स्वास्थ्यमन्त्रीले अब उक्त भाइरस सङ्क्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताएका छन्।
अहिलेसम्म ८१ देशमा सङ्क्रमण पुष्टि भइसकेको छ। चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएका देश हुन्।
बीबीसीका अनुसार स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विशेषज्ञहरू तथा इटलीको स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर्ने पक्षमा रहेको जनाएका छन्।स्वास्थ्य विशेषज्ञहरू फुटबल प्रतियोगिताहरू पनि बन्द ढोकाभित्र खेलियोस् भन्ने चाहन्छन्।
इटलीको नागरिक सुरक्षा निकायले बुधवार कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या २८ बाट १०७ पुगेको जनाएको थियो।फ्रान्सले कोरोनाभाइरस प्रभावित क्षेत्रमा १२० वटा विद्यालय बन्द गराएको छ।