Logo

भीम लिंग दर्शन



काठमाडौँ, २२ फागुन । भक्तपुरको दतात्रयमा महाभारतका भीमसेनको लिंग प्रदर्शनमा गरिएको छ । भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर योनीभित्र लिंग राखेको अवस्थासहित दृश्य रहेको छ ।

प्रत्येक वर्ष होलीको पहिलो दिनदेखि अन्तिम दिन (पूर्णिमा)सम्म लिंगको प्रर्दशन हुन्छ । यो बीचमा लिंगको दृश्य अवलोकन गर्न र लिंगलाई पूजा गर्न आउनेहड्डज्ञको भिड लाग्ने गर्दछ । स्थानीय याँहा पुगेर द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन । यसले गर्दा परिवारमा सुख र दीघायु मिल्ने विश्वास गरिन्छ । यो लिंग भक्तपुरको होली संस्कृति होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वाथ्यसँग पनि जोडिएको बताइन्छ ।

यात्रा सञ्चालन गर्न आर्थिक समस्या भएको भन्दै लिंग हेर्न आउनेसँग शुल्क लिने गरिएको छ । नेपालीसँग १० रुपैया र विदेशीसँग ५० रुपैया शुल्क लिने गरेको पुजारी केशरी कपालीले जानकारी दिइन् । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot