Logo

विश्व वन्यजन्तु दिवसको अवसरमा विद्याको ‘शेरनी’



मुम्बई, फागुन २२ । बलिउड अभिनेत्री विद्या बालनले आफ्नो नयाँ प्रोजेक्ट सुरु गरेकी छन्। सोसल मिडियामा केही तस्बिर सेयर गर्दै विद्याले फिल्म ‘शेरनी’ को काम सुरु भएको घोषणा गरेकी छन्। विश्व वन्यजन्तु दिवसको अवसर पारेर विद्याले फिल्मको छायांकन सुरु गरेकी हुन्।

विद्याले सुटिङ सेटबाट केही तस्बिर सेयर गरेकी छन् जहाँ मुहूर्त सटभन्दा पहिले पूजा गरिएको थियो। जंगलबीचको लोकेसनको तस्बिर पनि विद्याले आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी छन्।

यो फिल्ममा मानिस र जनावरबीच हुने टकराव देखाइनेछ। फिल्मको कथा अवनि नामक सिंह र उसको हत्याको वरिपरि घुम्नेछ। फिल्मको निर्देशन अमित मसुरकरले गर्दैछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot