Logo

होली लगायत उत्सव, मेला तथा पर्व आयोजना नगर्न सूचना जारी



काठमाडौं, २२ फागुन । कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायत उत्सव, मेला तथा पर्व आयोजना नगर्न सूचना जारी गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आग्रह गरेको हो ।

कतिपय संघ, संस्थाले त यसअघि पनि यो वर्षको होली नमनाउने घोषणा गरेका छन् । पार्टीका ठूला ठूला भेला तथा प्रशिक्षणसमेत स्थगित् गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्