Logo

गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष अख्तियारको फन्दामा



काठमाडौ, फागुन २२ । जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी.र सोही गाउँपालिकाका अध्यक्ष राज बहादुर शाहीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध साढे २५ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गे्निङ गरी पटक÷पटक नगदै लिई, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई बिभिन्न बहानामा रु. २५ लाख ५० हजार घुस लिएको प्रमाण पुष्टि हुन आएको अख्तियारलेृ जनाएको छ । उनीहरुलाई जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारका प्रवक्ताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot