Logo

कठिन परिस्थितिलाई सहज बनाउने चाणक्यको सूत्र



चन्द्रगुप्त मौर्यले सफलताको श्रेय चाणक्यलाई दिएका छन् । उनको ज्ञान यति धेरै गहिरो र अचुक छ कि जो कसैको जीवनलाई सहि दिशा दिन सक्छ । चाणक्यले कठिन परिस्थितीको सामना गर्न आफ्नो अनमोल निति बताएका छन् ।

–जुन समय बितिसक्यो, उसको बारेमा पछुताउनु बेकार हो । गल्तीबाट पाठ सिकेर वर्तमानमा रमाउने प्रयास गर्नुपर्छ । आफ्नो धर्म त्यागी धन कमाउन नखोज्नुस् । कुनै काम गर्नुपहिले उसको बारेमा तीन पटक सोच्नु्होस् । पहिलो–के गर्ने ? दोस्रो–परिणाम के हुन्छ ? तेुस्रो–के सफलता मिल्छ त ?

–अन्य व्यक्तिलाई हानी नोक्सानी पुर्याउनु हुदैन । यदि कसैले आफुलाई कमजोर सम्झेर आफु्माथी हावी भएमा उसलाई सजग गराउने । कसैको अधिनमा रहनु भन्दा कष्ट अर्काको घरमा बस्नु हो ।

–तपाईको अगाडी ठिक पार्ने तर पछाडी तपाईको काम बिगार्दै हिड्ने मित्रलाई टाढा राख्नु पर्छ । आत्मा कमजोर र चरित्र दुर्बल हुने व्यक्तिसँग मित्रता गर्नुहुदैन, तपाईलाई यस्ता मित्रले दुख परेको बेलामा छोडिदिन्छन् । कर्मको फल पनि यो संसारमा पाइनेछ । चाणक्य सदैब राम्रो काम गर्न सल्लाह दिन्छन् ।



प्रतिक्रिया दिनुहोस्