Logo

महाभारत युद्धमा को को बचे



युद्धमा कौरवहरुले ११ अक्षोहिनी र पाण्डवहरुले ७ अक्षोहिनी सेना भेला गरी लडाई लडेका थिए । अनुमानित ४५ लाख सेनाकोबीच महाभारतको युद्ध १८ दिनसम्म चल्यो । यस युद्धबाट १८ जना योद्धा मात्र बचेका थिए । महाभारतको युद्ध पश्चात कौरवको पक्षबाट तीन र पाण्डवको पक्षबाट १५ योद्धा मात्र जिवित रहेका थिए ।

पाण्डवका तर्फबाट बाँचेकाहरुमा कृववर्मा, कृपाचार्य र अश्वस्थामा थिए भने पाण्डवहरुमा युयुत्सु, युधिष्ठिर, अर्जुन, भिम, नकुल, सहदेव, कृष्ण, सत्यकी आदि थिए ।

पाण्डवहरुका कोहि बाँकी थिएनन् ः पाण्डव वंशमा अर्जुनको छोरा अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको एक मात्र छोरो परीक्षित बचेका थिए । पाण्डवहरुले युद्ध जितेर पनि पराजित भए किनकी उनीहरुसंग आफ्नामध्ये थोरैमात्र बाँकी थिए । पाण्डवहरुको १०÷१० जना छोरा थिए । सबै मारिए ।

श्रीकृष्णको कुल नष्टः महाभारतको युद्धमा श्रीकृष्णको नारायणी सेना र केही यादव र पछि गान्धारीको श्रापले पारस्परिक युद्धमा श्रीकृष्णको कुललाई नष्ट गरेको थियो । श्रीकृष्णका छोरा र नातीनातिनाहरु मौसुल युद्धमा मारिएका थिए । बाँकी रहेका महिला र केटाकेटीहरुलाई अर्जुनले आफुसंगै मथुरा लग्दै थिए । र बाटोमा बाँचेकाहरुलाई पनि डाँकुहरुले मारेका थिए । उनको कुलको बाँकी एक मात्र व्यक्ति जिवित थिए जसको नाम वृहद्रथ थियो ।

अन्य मासिसहरुः गान्धारी, कुन्ती, धृतराष्ट्र, विदुर, संजय आदीले सबै जंगलमा गए । धृतराष्ट्र र गान्धारीको जंगलमा आगोमा जलेर मरे । युद्धमा विधवा भएका लाखौ महिला भए । ती कर्ण, दुर्योधन, कौरव सहितका पत्निहरु थिए ।

अन्त्यमाः युद्ध पछि युधिष्ठिर सम्पुर्ण भारतको राजा बने तर सबैकुरा गुमाए । कोहि पाण्डवहरुको शासन गर्ने इच्छा गरेका थिएनन् । सबैको रुचि देखेर युधिष्ठिरले राजाको सिंहासनमा अर्जुनको नाती परीक्षितलाई सुम्पिदिए र आफैले जीवनको अन्तिम यात्रामा हिमालय तर्फ लागे । सबै चार भाई र द्रौपदी पनि उनीहरुसँगै हिँडे । धृतराष्ट्र र गान्धारी उनीहरु भन्दा पहिले नै हिमालयमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्