यदि शरीरमा कतै थप छाला देखिएको छ ? धेरै पटक हाम्रो मुखमा छाला छ भने खाना र पिउँन गाह्रो हुन्छ । बढेको छाला आफैमा पिडादायी हुन्छ । छालामा कुनै दुखाई नभएमा झन गम्भिर समस्या हुन सक्छ । यस्तो पिडा मुखमा मात्र होइन योनी, गुदा र मलाशयमा पनि हुन सक्छ । यौन संक्रमित रोग सिफलिसको बारेमा धेरै सुनेका छौ, यो खानाको लापरवाहीका कारण मुखमा छाला आउने गर्छन, यौन लापरवाहीले यौन अंगमा छाला उत्पन्न हुने गर्छ । यो खतरनाक रोगको बारेमा छलफल गरौ ।
सिफलिस एक टी प्यालिडम ब्याक्टेरियाबाट फैलने संक्रमण हो, जुन छालामा सिफिलिटिक छाला र म्युकस झिल्लीमा स्थानान्तरण हुन्छ । यो एक यौन संक्रमण हो, यसको समयमा नै उपचार नगरे गम्भिर रुप लिन सक्छ र धेरै खतरनाक हुन्छ ।
सिफिलिटिक अल्सरबाट संक्रमित व्यक्तिसँग यौन सम्र्पकको माध्यमबाट यो संक्रमण फैलने गर्छ । यो रोग मौखिक, गुदा सम्र्पक र यौन सम्र्पकबाट फैलन सक्छ । चुम्बनको माध्यमबाट पनि फैलन सक्छ । यद्यपि यो समस्या दुर्लभ हुन्छ ।
मुख, छाला, जनेन्द्रिय वा मलाशयको सतहमा पीडा रहित छाला संक्रमणको पहिलो संकेत हो । यो आफै हराएर पनि जान्छ भने सहि समयमा उपचार नगरेमा ब्याक्टेरीयाहरु शरीरमा रहन्छन्, जुन भविष्यमा खतरनाक हुन सक्छ ।
लक्षणहरु
पुरुषको लिंगमा र महिलाको योनी, गर्भाशय वा यी दुवै अंगहरुको बाहिरी भागमा देखिन्छ ।
ज्वरो आउनु, घाटी दुख्नु र कमजोरी महसुस भई मनमा बेचैनी आउनु
शरीरको विभिन्न भागका मांशपेशीहरु र विशेष गरी जोडहरुमा दुखाई हुने
कपाल झर्नुका साथै परेला र आँखी भौ पनि झर्न थाल्छ
भोक नलाग्नु सिफलिसको लक्षण हो । रोग बढ्दै जाँदा तौल बढ्छ र संक्रमणको कारण तपाईलाई भोक लाग्दैन ।
आँखाको ज्योतीलाई पनि असर गर्छ, धेरै अवस्थाहरुमा ब्याक्टेरीयाले अप्टिक डिस्कमा सुनिन सक्छ, गम्भीर समस्या आएमा अन्धोपन पनि निम्त्याउन सक्छ ।
उपचार
पहिलो चरणको सिफिलिसको उपचार पेनिसिलिनबाट सम्भव हुन्छ ।
यसलाई एन्टिवायोटिक औषधीले जीवाणुलाई मारी सिफलिस पैदा गर्छ ।
पेनिसिलिनमा एलर्जी भएमा डाक्टरहरुले दोस्रो एन्टिबायोटिक सिफारिस गर्छन् ।
यो समस्या एक वर्ष भन्दा धेरैको लागि संक्रमित व्यक्तिलाई पेनिसिलिन वा अन्य एन्टिबायोटिकको अतिरिक्त डोज आवश्यक पर्दछ ।