Logo

निर्भया बलात्कारका दोषीको मृत्युदण्ड सजाय सर्ला ?



एजेन्सी, २२ फागुन । २० मार्चको विहान साँढे पाँच बजे निर्भया बलात्कार घटनाका दोषीलाई फाँसीको सजाय तोकिएको छ । यो समेत उनीहरुलाई दिल्ली अदालतले चौंथोपटक फाँसीको मिति तोकेको हो । यसअघि तोकिएको मिति याचनाको टुंगो नलाग्दा सरेको थियो ।
आठ वर्ष अघि दिल्लीमा निर्भयामाथि बलात्कार गर्ने चारजनालाई फाँसी दिने निश्चितप्रायः छ । तर, उनीहरुको बाँच्ने समय अदालती प्रक्रियाले लम्बिएको लम्बियै छ ।

चारजना निर्भया बलात्कार र हत्यामा दोषी ठहरिएपछि फाँसीको सजाय सुनाइएका हुन् । दिल्ली अदालतले उनीहरुको फाँसीको मिति तोकेको थियो । यसअघि तोकिएको मिति स्थगित गरिएको थयो ।

३२ वर्षीय मुकेश सिंह, २६ वर्षीय विनय शर्मा, ३१ वर्षीय अक्षयकुमार सिंह र २५ वर्षीय पवन गुप्ता गरी चारैजनालाई फाँसी दिइने सम्भावना भने बलियो छ ।

चारैजनालाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो । दिल्लीमा साँझपख बस रोकेर केटा साथीसँगै चढेकी निर्भया नाम दिइएकी मेडिकल विषयकी विद्यार्थीलाई निर्मतापूर्वक बलात्कार गरिएको थियो । सामूहिक बलात्कारपछि युवती रडले गुप्तांगमा प्रहार गरी फालिएकी थिइन् । सडकमा फालिएकी उनको गम्भीर अवस्थामा उद्धार गरेपनि जीवन जोगिएन । तत्कालिन कँग्रेस आई सरकारले सिंगापुरमा लगेर समेत उपचार ग¥यो । तर, उनको शव मात्र फर्कियो । निर्भयाको शव लिन सोनिया गान्धी समेत इन्दिरा गान्धी विमानस्थल पुगेकी थिइन् । उक्त घटनाले महिला हिंसाविरुद्धका अभियन्ताहरु कडा रुपमा प्रस्तुत भए । भारतमा महिलाहरु असुरक्षित भएको सन्देश गयो ।

घटनाका दोषीहरुलाई सीसीटीभी फुटेजबाट पत्ता लगाइएको थियो । उनीहरु बसमा पर्दा राखेर बढेको पत्ता लाग्यो । बसभित्रै घम्साघम्सीको केही दृश्य पत्ता लगाएपछि पक्राउ गरिएको थियो । पक्राउ गरिएकाहरु दिल्लीको झुपडीवस्तीमा बस्ने गरेका थिए । उनीहरुलाई पक्राउ गरेपछि एकजनाले जेलभित्रै आत्महत्या गरेका थिए ।

आठ वर्षको अदालती प्रक्रियापछि चारजनाको फाँसीको सजाय टुंगो लागेपछि उनीहरुलाई झुण्डाउने डोरी विहारको जेलमा बनिसकेको थियो। जल्लाहद तयार गरिएको थियो।( एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्