Logo

‘मैले आँखा खोल्नुस् भनेँ, उहाँले आँखा खोल्नुभयो’ : निजी चिकित्सक डा. शाह



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले एक साताभित्रै प्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिने जानकारी दएकी छिन् । तर, प्रधानमन्त्रीलाई एक महिनासम्म ‘हाई–डोज’को अवस्था चलाइने उल्लेख गरिन्। बिहीबार अस्पताल परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रा.डा. शाहले प्रधानमन्त्रीले खानपिनमा ध्यान दिनुपर्ने र इन्फेक्सनबाट जोगिनुपर्ने पनि बताईन् । उनले भनिन्,‘उहाँले संक्रमणबाट जोगिनुपर्छ । मैले प्रधानमन्त्रीसँग भेटेकी छु । मैले आँखा खोल्नुस् भनेँ, उहाँले आँखा खोल्नुभयो । मैले उहाँलाई अहिले कस्तो छ भनेर सोधें, प्रधानमन्त्रीले ‘ठीक छ’ भन्नुभयो ।’ उनकाअनुसार प्रधानमन्त्री ओलीले जाउलो खान सुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्