Logo

संक्रमित देशबाट आउने–जानेलाई कडाइ



काठमाडौं, फागुन २३ । दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।

सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।

कोरोना भाइरसको रोकथाप, नियन्त्रण, र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot