काठमाडौं,फागुन २३ । काठमाडौंमा सञ्चालित विद्युतीय बस सुन्दर यातायात ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको छ । कोरोना भाइरसको सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न चार वटा इन्फ्रारेड थर्मोमिटर ल्याइएको बताए । ‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्मोमिटर पठाएको छ,’ उनले भने, ‘उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई पठाएको रहेछ ।’
कम्पनीले दुई वटा विद्युतीय बस चक्रपथ सडकखण्डमा सञ्चालन गरिरहेको छ । उनका अनुसार ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ ।