Logo

प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाबारे धेरैको चासो बढेको छ । उनी विप्लव कार्यकर्ता नभएको खुलेको छ । सानैदेखि विद्रोही स्वभावको भएको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । तर, उनी माक्र्सवादी विचार राख्ने युवा हुन् ।

रतन तीन वर्षको हुँदा आमाले छाडेर गइन् । उनलाई बाबु मनु तिरुवाले हुर्काए । मनु माओवादी द्धन्द्धकालमा राज्य पक्षबाट मारिए । मनु नमारिएको पूर्व माओवादील्े दाबी गरेपनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गलत ठहरिएको छ । उनका बाबु राज्यपक्षबाट मारिएका थिए । तर, उनको नाम माओवादीको सहिद सूचीमा छैन । बाबुको मृत्युपछि उनी काकाकाकीबाट हुर्किए । मनु माओवादी समर्थक भएको खुलेपनि पूर्व माओवादी त्यसलाई स्वीकार्न तयार छैनन् । उनीहरु रतनलाई आतंककारी भन्छन् । जुन नेकपा जुम्लाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डमाथि जुत्ता प्रहार गरेको घटनाको भत्र्सना गर्दै नेकपा जुम्लाका अध्यक्ष विर बहादुर कुँवरले भनेका छन्, जति निन्दा गरेपनि नपुग्ने उक्त अराजनैनिक उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिंगा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थन सम्म नभएको उक्त व्यक्ति विप्लप समूहको गतिविधिमा रहेको जानकारी गर्दछु । तिरुवा जुम्लामा पनि अराजनीतिक कार्यमा संलग्न रहेको र प्रहरीले खोजी रहेको व्यक्ति भएको दाबी गर्दै कडा कारबाहीको माग गरेको छ ।

को हुन् तिरुवा
पढाईमा जेहेन्दार रतनले सर्भे सम्बन्धि अध्ययन गरे । उनी सरकारी जागिर खान लोकसेवाको तयारीका लागि काठमाडौं आएका थिए । दाजुहरुसँग काठमाडौंमा बस्दै आए । कम्युनिस्ट पार्टीको कार्यक्रममा उनी पुगिरहन्थे । जुम्लाबाटै विद्यालय तहको अध्ययन पूरा गरेका रतले माक्र्सवादको समेत गहिरो अध्ययन गरेका छन् । आफ्नो फेसबुकको परिचय पेजमै उनले लेखेका छन्, जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त हुँदैन तबसम्म सर्वहारा वर्गको अधिनायकत्व प्राप्त हुँदैन । माक्र्सवादी विचारधाराको यो भनाईलाई उनले प्राथमिकताका साथ फेसबुकमा राखेका छन् ।

आफ्नो फेसबुकको परिचय पेजमै उनले लेखेका छन्, जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त हुँदैन तबसम्म सर्वहारा वर्गको अधिनायकत्व प्राप्त हुँदैन । माक्र्सवादी विचारधाराको यो भनाईलाई उनले प्राथमिकताका साथ फेसबुकमा राखेका छन् ।

माघको अन्ततिर उनले फेसबुकमा माक्र्सवादको चरम दुरुपयोग भएको लेखेका छन् । जसमा माक्र्स र माओत्से तुङको तस्बिर देखिने गरी आफ्नो तस्बिर जोडेर राखेका छन् । उनको फेसबुक वालमा कम्युनिष्ट विचारकहरु माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर एकैसाथ राखिएको छ । यसबाट उनी कम्युनिष्ट सिद्धान्तबाट निकै प्रेरित रहेको बुझ्न सकिन्छ ।

कम्युनिष्ट सिद्धान्तबाट अत्याधिक प्रेरित तरुवाले कम्युनिष्ट नेता प्रचण्डमाथि नै किन जुत्ता प्रहार गरे ? यसमा उनको तिव्र असन्तुष्टि बुझ्न सकिन्छ । उनले प्रहरीमा प्रारम्भिक बयानमा प्रचण्डको भनाई मन नपरेको बताएका छन् ।

कम्युनिष्ट नेतामाथि कार्यकताकै आक्रमण
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दुईपटक आक्रमण भइसकेको छ । त्यो पनि आफ्नै कार्यकर्ताबाट । प्रचण्डलाई पहिलोपटक बाग्लुङका पदम कुँवरले २०६९ मंसिरमा थप्पड हानेका छन् । माओवादीले आयोजना गरेको चीयापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । कुँवर पूर्व माओवादी लडाकु हुन् । उनीपछि प्रचण्डविरुद्ध चुनाव पनि लडेर चर्चामा आए ।

प्रचण्डलाई सोमाबर भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभागृहमा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे । तिरुवा कम्युनिष्ट कार्यकर्ता हुन् । नेकपाकै वरिष्ठ नेता झलनाथ खनालमाथि पनि थप्पड हानिएको छ । खनाललाई सुनसरीका एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले ७ माघ २०६७ मा थप्पड हानेका थिए । पार्टी प्रवेशका क्रममा टीका लगाउन बढ्दा उनले थप्पड हानेका थिए । थप्पड खाएको १५ दिनपछि खनाल प्रधानमन्त्री बनेका थिए ।

थप्पड हान्नेहरुले आफ्नो गल्ती स्वीकारेका छैनन् । प्रचण्डलाई जुत्ता हान्ने तिरुवा कम्युनिष्ट कार्यकर्ता हुन् । उनको फेसबुक पेजमा पनि कम्युनिष्ट नेताहरुको तस्बिर र त्यस्तै पोष्ट देखिन्छ । उनले प्रचण्डको कुरा चित्त नबुझेर प्रहार गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले सहिदहरुको अपमान गर्ने गरी नेताहरु विलासी बनेको आरोप समेत लगाए । तिरुवाले कुनै पश्चात्ताप देखाएनन् बरु आवेशमा जुत्ता हानेको बयान दिएका छन् ।

खनाललाई थप्पड हार्ने रेग्मीले पनि कुनै पश्चात्ताप देखाएका छैनन् । रेग्मी तत्कालिन एमालेका सहयोगी थिए । उनी कार्यकर्ता भने थिएनन् र पार्टी सदस्यता लिने तयारीमा थिए । कम्युनिष्ट पार्टीका समर्थक रेग्मीले नेताहरुको कार्यशैलीप्रति तिव्र आक्रोश जनाए । अहिले उनी कृषि गरेर सामान्य जीवनयापन गर्दै आएका छन् । प्रचण्डलाई थप्पड हान्ने पदक कुँवरले पनि कुनै पश्चात्ताप गरेनन् बरु गर्व गरे । उनी प्रचण्डविरुद्ध अभिव्यक्ति दिदै हिंडे । पछि चुनाव पनि उनीविरुद्ध नै लडेर चर्चामा आए ।

कम्युनिष्ट कार्यकर्ता नै आफ्ना नेताप्रति असन्तुष्ट भएर भौतिक आक्रमणमा उत्रनुमा उनीहरुले देखाएको बाचा अनुसारको काम गर्न नसक्नु पनि कारण हो । पछिल्लो समय प्रचण्डको घरमा पूर्व लडाकु पुगेरै विरोध जनाए । पूर्व बाल लडाकुको असन्तुष्टि उस्तै छ । कम्युनिष्ट पार्टीले जसरी जनतामाझ सपना देखाए त्यसभन्दा भिन्न तरिकाले नेताहरु विलासी बन्दा पनि असन्तुष्टि व्याप्त देखिन्छ । तर, यसको उत्तर हिंसा हुन सक्दैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot