Logo

भारतीय राजदूत क्वात्रा भेटमा व्यस्त



काठमाडौं, २३ फागुन । भारतीय राजदूत विनय मोहन क्वात्रा बिहिबारदेखि भेटघाटमा व्यस्त छन् । उनले ओहदाको प्रमाणपत्र पेश गरेलगत्तै भेटघाटमा सक्रियता देखाएका हुन् ।

क्वात्राले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओहदाको प्रमाणपत्र पेश गरेलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटेका थिए । त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरे ।

क्वात्राले आज विहानै नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेटेर जन्मदिनको शुभकामना दिएका छन् । राजदूत भएर नेपाल आएपछि क्वात्राले भेटेकामध्ये नेपाल पहिलो पूर्व प्रधानमन्त्री हुन् । यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।


आज ऊर्जामन्त्री वर्षमान पुनसँग भेटेका छन् । उनले एक हप्तासम्म भेटघाटलाई सूचीमै राखेको बुझिएको छ । क्वात्राले पूर्व प्रधानमन्त्रीहरुलाई पालैपालो भेट्ने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि अस्पतालमा रहेका कारण अर्को हप्तामात्र भेट हुने बुझिएको छ । राजदूत भएपछि उनले बढाएको भेटघाटको सक्रियतालाई अर्थपूर्ण मानिएको छ ।

Photo: Mukunda Kalikote/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्