Logo

कुमारी बैंकको शाखारहित बैंकिङ इकाई विस्तार



काठमाडौ, फागुन २३ । विगत उन्नाइस वर्षयता निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती–४ लिम्घामा २२औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ इकाईको उद्घाटन सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकको सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा गरिएको बैंकले जनाएको छ ।

उक्त उद्घाटन कार्यक्रममा बैंकका डेपुटी सीईओ उमेशसिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर अफ कमर्स प्रदेश नं. ५ का इञ्चार्ज, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा र व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कुमारी बैंकले हालसम्म मुलुकभर रहेका आफ्ना १२३ शाखा कार्यालय, ११९ एटीएम काउन्टर, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्