Logo

यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ- डा. प्रेम ज्ञवाली



काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणमा संलग्न टोलीका प्रमुख चिकित्सक हुन् । ओलीको सफल मृगौला प्रत्यारोपणपछि उनी चर्चाको शिखरमा छन् । डा. ज्ञवालीसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ऋषि धमलाले गरेको विशेष कुराकानीः

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य कस्तो छ ?
उहाँलाई प्रत्यारेपण गरेको मृगौलाले राम्रोसँग काम गरेको छ । त्यसले गर्दा उहाँमा सुधार देखिइराखेको हो ।
हिजोदेखि खाना खान थाल्नुभयो भन्नुभयो, के के खानुभयो प्रधानमन्त्रीले ?
उहाँले लिकुइड खाने कुरा झोल पदार्थ खानुभएको छ ।
प्रधानमन्त्रीले हिजोबाट संवाद पनि सुरु गर्नुभयो ?
संवाद त अस्ति अप्रेसन सकिएको साँझबाटै शुरु भएको थियो । उहाँ मजाले बस्ने खाना खान सक्ने गफगाफ गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।
आज तेस्रो दिन हो, प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरेर होइन ?
दिनले तेस्रो हो, तर समयले ४८ घण्टा पनि पुगेको छैन ।
अब प्रधानमन्त्री अस्पतालबाट कतिदिन भित्र डिस्चार्ज हुनुहुन्छ ?
यस्तै खालको सुधार उहाँमा हुँदै गयो भने सायद आइतबार-सोमबारसम्ममा डिस्चार्ज हुने सम्भावना छ ।
प्रधानमन्त्रीलाई पहिलाको जस्तै काम फर्कनका लागि कति समय लाग्छ ?
उहाँले सामान्य काम त अब एक-दुई हप्ताबाट गर्न सक्नुहुन्छ । उच्च मनोबल भएको मानिसलाई काममा नफर्कनुभन्दा पनि कमजोरी फिलिङ हुन्छ । तर उहाँ साधारणतय ३ हप्तामा रेगुलर काम फर्कन सक्नुहुन्छ ।
अब २-३ हप्तापछि विभिन्न कार्यक्रम, सभा, गोष्ठ र सम्मेलनहरुमा प्रधानमन्त्री जान सक्नुहुन्छ ?
मजाइले जान सक्नुहुन्छ । उहाँले जाननसक्ने केही कारण छैन । आज नै तपाईंले अन्तरर्वार्ता लिनुभयो भने तपाईंलाई आधा घण्टा दिन सक्नुहुन्छ । तर, त्यस्ता कुरामा उहाँलाई हामीले नै निषेध गरेका छौं । उहाँले त्यस्ता ठाउँहरुमा नजाँदा नै राम्रो हुन्छ ।
विभिन्न भिआइपी व्यक्तिहरुले अस्पतालमा गएर प्रधानमन्त्रीलाई भेट्न सक्छन् ?
सक्दैनन् । अहिले कसैलाई भेट्न दिइँदैन । उहाँलाई अहिले उपचारमा संलग्न चिकित्सक र नर्स बाहेक कसैले पनि प्रधानमन्त्रीलाई भेट्न सक्दैन ।
त्यसोभए राष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरुले उहाँलाई भेट्न सक्नुहुन्न ?
सक्नुहुन्न ।
उहाँलाई भेटभाटमा किन रोक लगाउनुभयो ?
मृगौला प्रत्यारोपण गरेका जुनसुकै बिरामीमा पनि रोग प्रतिरोधात्मक क्षेमता कम हुन्छ । त्यसकारण अरु मान्छेहरु गएर भेट्दा संक्रमणहरु पैmलिन सक्ने खतरा हुन्छ । विभिन्न इन्फेक्सन सर्न सक्ने डरले हामीले भेट्न दिँदैनौं ।
उहाँको आत्मबल त दह्रो छ नि त ?
त्यो त हो ।
उहाँले यदि कसैलाई भेट्न चाहनुभयो भने नि ?
व्यक्तिमा हुने इच्छाशक्ति र इन्फेक्सन भन्ने फरक कुरा हो । इच्छाशक्ति उपचार पद्दति फरक विषय हुन् । हाम्रो उपचार पद्दती भनेको जटिलदेखि साधारणसम्मको लागि एउटै विधि हुन्छ । त्यसकारण हामीहरुले जसलाई पनि गएर भेट्नोस भनेर भन्न सक्दैनौं ।
प्रधानमन्त्रीलाई सजिला र भलाद्मी बिरामी पनि भन्न थालेका डाक्टरहरु उहाँ कस्तो बिरामी हो ?
उहाँ साच्चिकै सजिला बिरामी पर्नुहुन्छ । एकदमै सिम्पल व्यवहार गर्नुहुन्छ । चिकित्सकहरुलाई । अरुले भनेको कुरा उहाँले सहजै मान्नुहुन्छ । कुनै पनि विषयमा आफ्नो जिद्दी लिनुहुँदैन । त्यसैले उहाँ सजिलो भनेको मान्ने बिरामीमा पर्नुहुन्छ । त्यसो हुँदा उहाँको उपचारमा हामीलाई सजिलो पनि भएको छ ।
तपाईंहरुसँग कुराकानी गर्दा प्रधानमन्त्रीले के भन्नुहुन्छ ?
यो समय राजनीति, आर्थिक, सामाजिक बारेमा कुरा गर्ने समय होइन । त्यस्ता कुरा हामी उहाँसँग गर्दापनि गर्दैनौं । साधारण उहाँको शरीरले कस्तो अनुभव गरिरहेको छ, केही गाह्रो छ, दुःखाइ कस्तो छ यस्ता–यस्ता कुराहरु हुन्छन् ।
प्रत्यारोपणबाट प्रधानमन्त्री होसमा आइसकेपछि तपाईंहरुसँग के कुरा भयो ?
बेहोस् गरेको मान्छे होसमा आउँदा के कुरा गर्न सक्छ । अब दोहोरो कुरा गर्ने अवस्था हुँदै । त्यसमा आँखा खोल्नुस् त जिब्रो देखाउनुस् त भन्दा उहाँले गर्नुहुृन्थ्यो । पहिलो कन्भरनेसन भनेको त्यही हो ।
प्रधानमन्त्री आफैले म ठिक छु भन्नुभयो नि होइन ?
अस्ति बेलुकाको कुरा गरिराखेको छु मैले हिजो बिहान त उहाँ उठेर बसेर चिया पिइरहनुहुन्छ । कुराकानी गरिरहनुहुन्छ । साधारण अप्रेसन गरेको बिरामीलाई जेजस्तो असहजता हुन्छ त्यस्तै अवस्थामा हुनुहुन्छ ।
दोस्रो पटक मृगौला प्रत्योरोपण भइसकेपछि प्रधानमन्त्रीले फेरि १८ घण्टा काम गर्न सक्नुहुन्छ ?
मेरो विचारमा उहाँले त अझ धेरै गर्नुहुन्छ कि भन्ने डर छ । किन भने उहाँको इच्छाशक्ति त्यति नै बलियो छ । शरीर स्वस्थ भइसकेपछि उहाँले कुनै पनि कामलाई रोक्न सक्नुहुन्न । उहाँ विरामी अवस्थामा पनि १६-१८ घण्टा काम गर्ने मान्छे हो । यसबाट स्वास्थ भइसकेपछि त पहिलाको भन्दा बढी काम गर्ने सम्भावना छ ।
अब अस्पतालबाट फर्किएपछि मुलुकलाई नयाँ भिजनका साथ अगाडि बढ्न सक्नुहुन्छ ?
अहिलेकै अवस्थाले सुधार हुँदै गयो भने उहाँले जसरी आउने बेलामा व्यक्त दिनुभएको त्यो सजिलै पुरा गर्न सक्नुहुन्छ । मलाई लाग्छ, उहाँले पहिलाको भन्दा राम्रोसँग काम गर्न सक्नुहुन्छ जस्तो लाग्छ ।
बेला–बेलामा इन्फेक्सन त हुन सक्छ नि ?
इन्फेक्सन भन्ने कुरा जतिखेर जसलाई पनि हुन सक्ने कुरा उहाँलाई पनि हुन सक्छ । मृगौला प्रत्यारोपण गरेका बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता अलि कम हुन्छ । त्यसैले पनि छिट्टै इन्फेक्सन हुन सक्छ । त्यस्तै इन्फेक्सनबाट जोगाउनका लागि हामीले अहिले कसैसँग भेट गर्न नदिएको अवस्था हो । भविष्यमा पनि त्यस्ता भिडभाडहरुमा संलग्न नगर्न हाम्रो सुझाव रहने छ ।
उहाँको परिवारले त भेट्न पाउनुहुन्छ होला नि ?
हो, उहाँको मेडम राधिकाले बाहेक अरु उहाँ परिवार पनि भेट्न पाउँदैनन् । उहाँलाई पनि प्रधानमन्त्रीलाई कस्तो खाना मन पर्छ भनेर थाहा छ त्यसैले मात्रै भेट्न दिइएको हो । अरुलाई दिइएको छ । उहाँको मेडम चिकित्सकीय टोलीले मात्रै भेट्न पाउँछन् ।
शिक्षण अस्पतालमा अहिले दोस्रो प्रत्यारोपणको लागि कति आए ?
अहिलेसम्म दोस्रो प्रत्योरोपण गरेको प्रधानमन्त्रीसहित ९ जना भए । नेपालको लागि यो सबैभन्दा धेरै नम्बर पनि हो । अहिलेसम्म ८ जनाको सफल भएर पठाइसकेका छौं । प्रधानमन्त्री ९ औं हो ।
पहिलो प्रत्यारोपणले १३ वर्ष काम गर्नुभयो दोस्रोपटक गर्दा कति वर्ष गर्न सक्नुहोला ?
यसमा २ जोड २ बराबर ४ हुन्छ भनेजस्तो हुँदैन । अहिले प्रत्यारोपण गरेको मृगौलाले कतिसम्म काम गर्न सक्छ भनेर तपाईंले संसारका कुनै पनि कुनामा गएर उत्तर पाउन सक्नुहुन्न । तर, यो निरोगी राम्रो मृगौला भएकाले १५ वर्ष काम गर्न सक्छ । खासमा मृगौलाले यत्तिनै वर्ष काम गर्छ भनेर भन्ने अवस्था हुँदैन ।
प्रधानमन्त्रीलाई विदेश जाने सुविधा हुँदाहुँदै स्वदेशमै किन उपचार गराउनुभयो ?
प्रधानमन्त्रीले नेपालका अस्पताल, डाक्टरहरुको बारेमा पनि अध्ययन गर्नुभएको छ । त्यसमा पनि मृगौला प्रत्योरोपणका बारेमा त झन् नेपालमा कुनै देशभन्दा कम छैन भन्ने उहाँलाई थाहा छ । ंविदेशको मृगौला प्रत्योरोपणको रिजल्टभन्दा हाम्रै देशको राम्रो छ । चिकित्सकहरु पनि हामीहरु सक्षम नै छौं । त्यसै हुनाले पनि उहाँले नेपाललाई छान्नुभएको होला । उहाँ त जहाँ पनि जान सक्नुहुन्थ्यो ।
यसबाट अब नेपालका कुनै पनि शीर्षस्थ नेताहरु मन्त्रीहरु नेपाल ढुकुटी रित्याएर विदेसिनुपर्दैन हो ?
यो अहिलेदेखिको कुरा होइन । हामीले त पहिलादेखि नै भनेका छौं । हामी सक्षम छौं । हाम्रो अस्पताल र प्रयोग शालाहरु प्नि सक्षम छ । अस्पताल पनि सुविधासम्पन्न छन् भनेर हामीले पहिलादेखि नै भन्दै आएका छौं । कुनै कुनै व्यक्तिलाई आफ्नो देशमा अरु दशमा जान मनपर्छ । भारतको बेलायत जान्छ, बेलायतको अमेरिका जान्छ । नेपालको भारत जान्छ त्यस्तो भित्रभित्र भइराखेको हुन्छ । तर, उपचार राम्रो भएन, डाक्टर उयुक्त छैन्न्, औषधि छैन भनेर बाहिर जानु आवश्यक छैन ।
त्यसोभए नेपालका डाक्टरहरु सक्षम छन् ?
हो, हामी समक्ष छौं, हाम्रा अस्पतालहरु पनि सक्षम छन् ।
सरकारी अस्पताल पनि सक्षम छन् ?
सरकारी मात्र होइन अन्य नागरिक अस्पतालहरु लगायत धेरैभन्दा धेरै अस्पतालहरु सक्षम छन् ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणमा भारतीय डाक्टरहरु पनि आएका थिए उहाँहरुले के गर्नुभयो ?
मृगौला प्रत्यारोपणमा एक-दुई जना मान्छेलाई खेखाउने चलन छ । त्यसैमध्ये उहाँहरुलाई बोलाइएको हो । यो जुनसुकै मुलुकमा देखाउने चलन छ । प्रत्यारोपण भन्ने कुरा कहिल्यै पनि एउटाले मात्रै गर्ने काम होइन । यसमा १०औं २० जना व्यक्ति र विभागहरुको संलग्नता हुन्छ । टिमवर्कबाट नै यो सर्जरी सफल हुने हो । त्यस्तै भारतबाट एकजना विशेषज्ञ र दुईजना सर्जन गरेर तीन जना आउनुभएको थियो । फिजिसियन अप्रेसन थेयटरमा जानुभएन, जो सर्जन आउनुभएको थियो । उहाँले हाम्रो टिममा रहेर काम गर्नुभएको थियो ।
अनन्त कुमारलाई प्रधानमन्त्रीले बोलाएको कि तपाईहरुले बोलाएको ?
अनन्त कुमार हाम्रो साथी जस्तैं हो त्यसैले हामीहरुले नै बोलाएको । यस अगाडि पनि मृगौला प्रत्यारोपणसम्बन्धी वर्कशप कार्यक्रम थियो त्रिविवि शिक्षण अस्पतालमा त्यहाँ पनि बोलाएका थियौं । प्रधानमन्त्रीको झन् उहाँ पहिलाको मृगौला प्रत्यारोपण गर्ने व्यक्ति भएकाले प्रधानमन्त्री कार्यालयसँग सधैं सम्पर्कमै हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीलाई मृगौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको अवस्था के छ ?
समीक्षा ज्ञवाली एउटा महान व्यक्ति हो । जसले आफ्नो अंग निकालेर अर्कालाई बँचाउनु धेरै ठूलो कुरा हो । र, हामी भन्न चाहन्छौं उहाँलाई एउटा मृगौलाले ९० वर्षसम्म राम्रोसँग काम गरोस् । अहिले अप्रेसनको घाउ दुःख्ने बाहेक अरु रिपोर्टहरु नर्मल आएको छ । उहाँ एकदमै नर्मल अवस्थामा हुनुहुन्छ ।
समीक्षाले त आफू होस्मा आउनेबित्तिकै मामालाई कस्तो छ भन्नुभयो रे हो ?
हो, उहाँले आफूलाई दुखेको छ भन्दा पनि मामालाई कस्तो छ ? भनेर सोध्नु्भयो । त्यसले हामीमा अलिकति भाबुकता पनि जगाएको थियो । आफ्नो अंग झिकेर अर्को व्यक्ति दिइँरहँदा अझै आफूलाई भएको पीडाभन्दा मामालाई कस्तो छ भन्नु महानता हो ।
केपी ओलीको विशेषता के देख्नुभयो ?
विशेषता उहाँ सरकार प्रमुख भएर पनि चिकित्सकहरुलाई यस्तो गर, उस्तो गरेर भनेर नभन्ने । सिम्पल साधारण बिरामी जस्तो भएर काम दिने मान्छे । उहाँलाई उपचार गर्दा हामीलाई कुृनै राष्ट्रको ठूलो मान्छे उपचार गरेरको जस्तो नभइ साधारण मानिसकै उपचार गरेर जस्तो लाग्यो । उहाँ एकदमै उच्च मनोबल भएको व्यक्ति हुनुहुन्छ ।
प्रधानमन्त्रीको अप्रेसन गर्न डर लागेन ?
हामी जुनसुकै व्यक्ति भएपनि अप्रेसन थेटरमा पसेपछि खाली आँखा मात्रै देखेका हुन्छौं । बरु त्योभन्दा पहिला चाहिं प्रधानमन्त्री जस्तो मान्छेको अप्रेसन गर्नुपर्छ अलिकति प्रेसर त भइहाल्छ । मिडियामार्पmत पनि प्रेसर हुन्छ । साथीभाइहरुको प्रेसर हुन्छ । जब के हुन्छ र कसो हुन्छ भनेर कसैले सोधिरहेको हुन्छ त्यति खेर मानसिक टर्चर हुन्छ । तर, शल्यक्रियाको प्रोसेसमा अरु साधारण मान्छे उहाँमा केही भिन्नता हुँदैन ।
अप्रेसनमा जानु अगाडि तपाईंहरु के भन्नुभयो प्रधानमन्त्रीले ?
अप्रेसनमा जानुअगाडि हामीले जहिले पनि सोध्ने गर्दछौं । प्रधानमन्त्रीजी केही आदेश छ, केही भन्न चाहनुहुन्छ ? भन्दा उहाँले तपाईंहरुप्रति भरोसा छ भन्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot