Logo

चालकमार्फत घुस लिने विद्युत प्राधिकरणका इन्जिनियर अख्तियारको फन्दामा



काठमाडौ, फागुन २३ । नेपाल विद्युत प्रधिकरण सिन्धुली केन्द्रको प्रमुख इन्जिनियर शेर बहादुर सुनारलाई ७५ हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । चालकमार्फत घुस लिएको अभियोगमा सुनारलाई अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान पश्चात मुद्दा दायर गरेको हो ।

नेपाल विद्युत प्रधिकरण, विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर शेर बहादुर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिन सवारी चालक टेक बहादुर खडकालाई पठाएको र पिछा गर्दै जाँदा चालक खड्कालाई ७५ हजार सहित कमलामाई नगरपालिका बाट रंगेहात नियन्त्रणमा लिइएको र इन्जिनियर शेर बहादुर सुनारलाई निजकै कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारका प्रवक्ताले बताएका छन ।



प्रतिक्रिया दिनुहोस्