काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालको आज जन्मदिन हो । उनको यो ६८औं जन्मदिन हो । कोटेश्वरस्थित् उनको निवासमा नेकपाका नेता तथा कार्यकर्ताहरु जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गर्न पुगेका थिए ।
जन्मदिनको अवसरमा उनका शुभेच्छुकहरुले खादा, माला र मिठाई खुवाएका तस्विरपनि बाहिरिएका छन् । कतिपयले फेशबुकमा लेखेका छन्,‘नेपाली राजनीतिमा, इमान, निष्ठा, त्याग, पारदर्शीता, अनुशासन, स्वच्छता र सक्रियताका प्रतिमुर्ति , लोकतान्त्रिक गणतन्त्र र शान्ती प्रक्रियाका महानायक नेपाली राजनीतिका शिर्ष व्यक्तित्व नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री आदरणीय नेता कमरेड माधवकुमार नेपालको ६८ औं जन्मदिनको अवसरमा लिएका केही तस्बिरहरु।’
नेता नेपाल आजमात्रै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नको लागि त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए । उनले चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नेता नेपालनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले उनी जन्मदिन मनाउनको लागि चन्द्रागिरीमा पुगेका छन् ।