श्रीजीपि शर्मा :
हुँत नेपाली,
बिन्तिछ, नलगाई देउ, कालो टीका, निरही, मै माथि।।
युगीन शास्त्रले कर्मको होइन कामको जात बाँढे बाँढेथ्यो ।।
सानो ठूलो होइन मानबी मनको प्यासिफल वाँढेथ्यो।।
इश्वरको श्रृष्टिमा एकता छैन मानब चोलामा।।
श्रम र सिप गर्नु नै पर्ने बहदो जीवनको खोलामा ।।
हुँत नेपाली ………………………..
कामैको जात दैवले दिएको जीवन गति चलाउन।।
छैन भेद, यसमा कर्म नै गरी, मानब कहलाउन ।।
मानिस भई, मानिसलाई, देख्यौनि कुजाति।।
शास्त्रलाई भांचि धन र सक्तिमा बनायौ अजाति।।
हुँत नेपाली ………………………………
झुपढी, ओडार, कला र कौशल पुरख्यौलि खेती यो।।
चाहन्छु बाँचन, फूलबारी गोढि मनको नेती यो।।
गरीब छु, मनको धनी, पाखुरी मेरो, तागत।।
नभन मलाई, दलित थाङने, शोषक जगत।।
हुँत नेपाली …………………………
युगौं युगौं देखि रगत पसिना चुसेर आयौ निरहि जनको ।।
शासन पद्धति श्रृजना ग(यौ निर्दयी शोषक मनको ।।
नभन सेवक बिलासि जोगि दलको सिंहासन चढेर।।
दलित लिखित कानून बनाई, नगर्ज, एकै हौँ, भनेर।।
हुँत नेपाली ………………………..
रगत एकै पसिना एकै भूमिको नागरिक एकै हुँ।।
चाहिँदैन, निग्हाको दान, शोषकहरु, स्वाभिमानि, नेपाली हुँ।।
चाहन्छु, म, अलौलिक नेपाल पूर्खाको निसानि।।
जातीको वीर निसानी तीर एउटै छ बिहानी।।
हुँत एकै नेपाली,
बिन्ती छ। नलगाई देउ, कालो टीका, निरही मै माथि।