Logo

कोरोना भाइरसबाट बच्नको लागि धुम्रपान त्यागौं : ई. कँडेल



काठमाडौं, २३ फागुन । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नोवल कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास नेपालमापनि देखिएको सुनाउँदै यसबाट बच्नको लागि विश्व स्वास्थ्य संगठनले भनेबमोजिमको सावधानी अपनाउन आग्रह गरेका छन् । त्यसको साथै, उनले कोरोना भाईरसबाट बच्नको लागि धुम्रपान त्याग्नैपर्ने सुझावपनि अघि सारेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै ईन्जिनियर कँडेलले यस्तो बताएका हुन् ।

आजसम्म नेपाल सरकारले धुम्रपान नगर भनेर कुनैपनि विज्ञप्ती ननिकाल्नु सरकारको गम्भिर कमजोरी भएको उनको तर्क छ । ‘नेपालमा कोरोना प्रवेश गर्यो भने देशलाई ठूलो क्षति हुन्छ, यो कुरामा सरकारले बेलैमा ध्यान देओस् । सरकारले कोरोनाबाट बच्नको लागि धुम्रपानपनि त्याग्नुपर्छ है भनेर यति सानो कुरा आम नागरिकलाई सूचना प्रवाह नगर्नु उसको गैरजिम्मेवारीपन हो । भोलिको दिनमा कोरोना छिर्यो भने के गर्ला भन्नेमा कम्तिमा मलाई चाहीँ शंका छ ।’

त्यस्तै उनले, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोरोनाको संक्रमण नदेखिएको देशमा नेपाल एयरलाईन्सको उडान स्थगन् नगर्ने भनेर दिएको स्टेटमेन्ट नै गलत भएको पनि आरोप लगाए । उनले भने,‘भोलिका दिनमा नेपालमा कोरोना भित्रियो भने यसको सबैभन्दा ठूलो दोष यही मन्त्रालयले लिनुपर्छ ।’

त्यस्तै, उनले कोरोनाको संक्रमणबाट जोगिनको लागि विरामीको नजिक नजाने, आफ्नो आँखा, नाक र मुखलाई छोईनराख्ने, विरामी भए घरबाट बाहिर ननिस्किने पनि सुझाव दिएका छन् । त्यस्तै, रुघा लागेमा रुमालभन्दापनि टिस्यु पेपर प्रयोग गर्नुपर्ने उनको अर्को सुझाव छ । त्यस्तै, साबुनले हात धुँदा कम्तिमा २० सेकेण्डसँग मज्जाले धुने, नाक, मुख यदि छोईयो भने पनि हात हुने, साबुन र पानी नभए स्यानिटाईजर प्रयोग गर्ने उनको सुझाव छ ।

त्यस्तै, स्यानिटाईजर प्रयोग गर्दा ६० प्रतिशत अल्कोहल भएको युज गर्ने पनि उनको भनाई छ । त्यस्तै, नेपाल सरकारले अपनाउन भनेको सावधानीको अक्षरंश पालना गर्नुपर्ने पनि उनले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्