Logo

लागूऔषध सहित पक्राउ



कास्की, २३ फागुन । लागु्औषधसहित एक जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोइबाल २ थान र नगद ३८ हजार ६ सय ८५ रुपैयाँ बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले गुरुङले चलाएको ना.१६ प १४३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot