Logo

नक्कली शिक्षिका अख्तियारको फन्दामा



काठमाडौ, फागुन २३ । नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई जागीर खाने शिक्षिकामाथी अख्तियारले मुद्दा दायर गरेको छ । शिीक्षका पवनदेवी यादवले नक्कली स्थायी अध्यापन अनुमतिपत्र लिएको र सोही आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको पुष्टि भएकोले अनुसन्धान गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

श्री युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया, महोत्तरीका शिक्षिका देवीले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाई पेश गरी सोही आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।

पवन देवी यादवलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot