Logo

नराम्रो शक्ति घरमा पसेको दश संकेत



सकारात्मक र नकारात्मक गरी दुई प्रकारका ऊर्जाहरु हुने गर्छन । तपाईको घरमा सकरात्मक ऊर्जाको सञ्चार भएमा घरमा सुख–समृद्धि आउने गर्छ । तर नकारात्मक ऊर्जाको घरमा प्रभाव भएमा घरमा दरिद्रता, बिरामी, लडाई–झगडा आदी भईरहन्छ । घरमा सकारात्मक र नकारात्मक ऊर्जा आउने जाने भइरहन्छ । आफ्नो घरमा नकारात्मक ऊर्जा ले प्रवेश गरेको कसरी पत्ता लगाउने त यस बारेमा चर्चा गरौै ।

१. जब तपाईको घरमा कोहि नहुदा पनि कसैको उपस्थिती को महसुस हुन्छ ।

२. तपाईको घरमा पालेका कुकुर वा बिरालोले अनौठौ खालको व्यवहार गर्न थाल्छन् ।

३.सबै कुरा सामान्य हुदाहुदै पनि घरको तापक्रम अचानक परिर्वतन भएमा

४.सबै ठिकठाक हुदाहुदै पनि अचानक कतैबाट अति बास्ना आएमा

५.यदि कुनै चिज सम्हालेर राख्दा राख्दा पनि राखेको स्थानमा नभेटिएमा, बारम्बार यो कार्य दोहोरिएमा

६.दिन वा रातमा कोठामा कोहि रोएको जस्तो आवाज आएमा

७.कोहि नहुदाँ पनि कसैले छोए जस्तो हुनु, फर्केर हेर्दा कोही नहुनु जस्तो क्रयाकलाप बारम्बार महसु्स हुनु

८.तपाईको घरमा बारम्बार कालो रंगको बिरालो आउनु

९.दिउँसो वा राती अबेरमा अचम्म अचम्मको आवाज आउनु, ढोका ढकढकाउने जस्ता आवाज आएमा

१०. घरमा बारम्बार बिरामी हुने वा मानिसको व्यवहार पनि परिर्वतन हुने, एक अर्कामा मायामा भएका व्यक्तिहरु बिच झगडा सुरु हुने ।



प्रतिक्रिया दिनुहोस्