Logo

आफ्नै साथीले गरे युवकको हत्या



ललितपुर, २३ फागुन । आफ्नै साथीले हतियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । महालक्ष्मी नगरपालिका ८ बिष्णुडोलमा ४० वर्षका सागरको आज हत्या भएको हो ।

रक्सी खाएर विवाह हुँदा आफ्नै साथी दोर्जे तामाङले युवकमाथि घनले प्रहार गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रक्सी खाएर बसेको र विवादका क्रममा हत्या भएको थियो । हत्यामा संलग्न दोर्जे लामा ४५ वर्षका छन् ।

घटनामा हत्या गरिएका सागरको छोरीले प्रत्यक्ष देखेको बुझिएको छ । यसबारे महानगरीय प्रहरी प्रभाग लुभुका सई धीरेन्द्र थपलियासँग बुझ्दा घटनाबारे अनुसन्धान भइरहेको बताए । हत्या गरिएको र हत्यामा संलग्न भनिएका दुवैजना रक्सीको नशामा भेटिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्