Logo

गच्छेदार समूहका ११ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित (सूचीसहित)



काठमाडौं, २३ फागुन । नेपाली काँग्रेससँगको एकीकरणपछि विजयकुमार गच्छेदार नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका ११ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले गच्छेदार समूहका ११ जनालाई समायोजन अनुरुप मनोनित गरेका हुन् ।

मनोनित भएकाहरुमा कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी , झापाका भारतेन्दुकुमार मल्लिक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित र मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपान, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकी कल्पना चौधरी, र मोरङका पवनकुमार सारडा रहेको छ ।

केन्द्रीय सदस्य भएकाहरुमा रामजनम, गोपाल, नसिर र हरिप्रसाद तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष थिए । त्यस्तै योगेन्द्र, र भारदेन्दुकुमार महामन्त्री थिए । बाँकी सबै केन्द्रीय सदस्य थिए।

२९ असाज २०७४ मा काँग्रेससँग एकीकरण हुँदा भएको सहमतिअनुसार फोरमलाई केन्द्रमा उपसभापतिका साथै ११ केन्द्रीय सदस्य दिने सहमति भएको थियो । गच्छेदार असोजमै उपसभापति मनोनित भइसकेका छन् ।

गच्छेदार समूहसँगको समायोजन अनुसार तल्लो देखि माथिल्लो तहसम्म जिम्मेवारी दिने सहमति भएको थियो । क्रियाशील सदस्य देखि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, केन्द्रीय सदस्य र पदाधिकारी दिने सहमति अनुरुप काम अगाडि बढाइएको हो ।

गच्छदार २० कात्तिक २०७५  मा काँग्रेस उपसभापतिमा मनोनित भएका थिए । उनलाई ११ जना केन्द्रीय सदस्यको नाम पठाउन भनिएको थियो । आज नाम पठाएपछि देउवाले मनोनयन गरेका हुन् । योसँगै काँग्रेसको केन्द्रीय समितिमा पदाधिकारीसहित निर्वाचित ८५ जना, मनोनित ८ जना, थप ५ जना शनिबार मनोनित सोमबार ८ जना मनोनित आमन्त्रित सदस्यसहित अब काँग्रेसको केन्द्रीय समितिको आकार बढेर १ सय १८ सदस्यीय कार्यसमिति बन्न पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot