Logo

बैंकको ब्यादर घट्यो (कस्को कति)



काठमाडौं, २३ फागुन । बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर घटेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि ब्याजदर घटेको हो ।

नेपाल राष्ट बैंकले कर्जा प्रवाह सिमित बनाएपछि निक्षेप बढेको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ । लगानीयोग्य रकम अर्थात तरलता सहज भएपछि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । नेप्सेमा सूचीकृत १० वाणिज्य बैंकहरुले फागुन १५ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कस्को कति ब्याजदर

नबिल बैंक
नबिल बैंकले फागुन १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५०% ब्याजदर तोकेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.२५% देखि अधिकतम ५.२५% सम्म मात्र ब्याज दिने भएको छ । नबिल बैंकको पुस मसान्तसम्म आधारदर ८.१०% रहेको छ । यसैलाई आधार मानेर ऋण प्रवाह गर्नेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर र घर कर्जामा (५%), गाडी कर्जामा (४%–६%) र शैक्षिक कर्जामा (५.५०%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।
प्रभु बैंक
प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याजदर दिनेछ । यस बैंकको पुस मसान्तसम्मको आधार दर ९.४५% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.५०% निर्धारण भएको छ । बचतमा न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याज पाइनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ८.४६% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२.७५%–६%), घर कर्जामा (२%–५.५०%), गाडी कर्जामा (२%–६%), शैक्षिक कर्जामा मा (२.७५%–६%) प्रिमियम थप गरेर कर्जा दिइने बैंकको भनाई छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५% देखि अधिकतम ६% सम्म ब्याजदर दिने जनाएको छ । यस बैंकको पुस मसान्तसम्म आधारदर ९.६४% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५%–६%), घर कर्जामा (५%), गाडी कर्जामा (१.२५%–५%) र शैक्षिक कर्जामा (२.५%–६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।
प्राइम बैंक
प्राइम बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% रहेको छ । यता, बैंकले बचततर्फ ६.५०% सम्म ब्याजदर दिनेछ । पुस मसान्तसम्म यसको आधारदर ९.४५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% हुनेछ । बैंकले बचतमा न्यूनतम ४.५% देखि अधिकतम ६.५०% सम्म ब्याज दिनेछ । पुस मसान्तसम्ममा यसको आधार दर १०.०९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर कर्जामा (१%–६%), घर कर्जामा (४५–६५), गाडी र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम २% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.९४% रहेको छ । यसको सेयर कर्जामा (१.७५%–६%), घर  र शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा प्रवा हुनेछ ।
एनएमबि बैंक 
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% छ । यता, बैंकले बचततर्फ न्यूनतम ४.५०% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको पुस मसान्तसम्म आधारदर १०.१५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२%–६%), घर कर्जामा (२%–८.५%), गाडी कर्जामा (४%–८.५%) र शैक्षिक कर्जामा (३%–८.५%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।
सनराइज बैंक
सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% हुनेछ । बैंकले बचतमा न्यूनतम ४% देखि अधिकतम ६% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर १०.०१% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।
सानिमा बैंक
सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३.२५% देखि अधिकतम ६.५०% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.२९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर घर गाडी, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।-नेपाली पैसाबाट



प्रतिक्रिया दिनुहोस्