Logo

एलपी ग्याँसको अभाव भएपछि स्टक नराख्न अध्यक्ष गोकुल भण्डारीको आग्रह



काठमाडौं, २३ फागुन । कोरोना भाइरसको त्राससँगै उपभोग्य सामाग्रीको जोहो गर्ने क्रम बढेको छ । यसले कालाबजारीहरु सक्रिय हुनथालेका छन् । खाना पकाउने एलपी ग्याँसको पनि अभाव सृजना गर्न खोजिएको छ । यसप्रति नेपाल एलपी ग्याँस उद्दोग संघका अध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।

रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै अध्यक्ष भण्डारीले ग्याँसको नियमित आपूर्ति सहज बनाउने बताए । उनले भने, ‘ग्याँसको केही अभाव भएको हो तर छिट्टै सहज हुन्छ ।’

इन्डियन आयल कर्पोरेशनबाट आपूर्ति केही कम हुँदा असहज भएको भण्डारीको भनाई थियो । उनले भने, ‘आइओसीमै आपूर्तिमा कमी आएकाले नेपाल आयल निगमको आपूर्तिमा पनि केही कमी आएको हो ।’ आफूहरुले निगमसँग आपूर्ति बढाउनेबारे कुराकानी गरेको बताए ।

उपभोक्तालाई ग्याँस बढी स्टक नराख्न समेत आग्रह गरे । स्ट बढी राख्ने गर्दा पनि समस्या आउनसक्ने उनको भनाई थियो । जाडो महिनामा ग्याँसको माग बढी हुँदा पनि समस्या आउनसक्ने बताए । तर, आपूर्ति सहज पारिने भण्डारीले बताए ।



प्रतिक्रिया दिनुहोस्