Logo

प्रधानमन्त्री ओलीलाई डेढ महिना सार्वजनिक कार्यक्रममा नजान सुझाव



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजि चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अझै केहि समय सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइने बताएकी छिन् । उनले अहिले ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र सहजता महशुस गरिरहेकाले चाँडै अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार जाने समेत बताइन् ।

ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री ओलीले सुरु देखिनै नियमित रुपमा खाना लिन थालेकाले औषधीले पनि राम्रो काम गरिरहेको बताइन् । दोस्रो मिर्गोला प्रत्यारोपणपछि दिइने औषधीको प्रभाव कम नभए सम्म बाहिरी संक्रमण बढ्ने खतरा रहेकाले अस्पतालबाट डिस्चार्ज भएको एकदेखि डेढ महिना सम्म सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइने खुलाइन् ।

सरकारका काम कारवाही र मन्त्रीपरिषदका बैठक बालुवाटारबाटै चलाउन सक्ने भएकाले अगाडी बढाउन सक्ने तर, सार्वजनिक कार्यक्रमहरुमा पठाउदा इन्फेक्सनको जोखिम बढ्ने शाहको भनाई छ । चिकित्सकहरुको प्रधानमन्त्रीसंग नियमित बार्तालाप भइरहेपनि सरकार र पार्टीका कुनै नेताहरुलाई भेटगर्न नदिइएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्