Logo

कोरोना भाइरसको संक्रमित एक लाख; युरोपमा नयाँ चुनौती



एजेन्सी, २४ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या एक लाख नाघेको छ । मर्नेको संख्या ३३ सय कटिसकेको छ । चीनबाट फैलिएको कोरोना भाइरस युरोपमा छिट्टै फैलिइरहेको छ ।

इटालीमा मर्नेको संख्या दुई सय कटिसकेको छ । जर्मनी, फ्रान्सलगायत युरोपका शक्तिशाली देशहरुमा पनि कोरोना भाइरस फैलिइसकेको छ ।

विश्वभर बसाईसराईं हुने गरेको युरोपमा भाइरसको संक्रमणले चुनौती बढाउने देखिन्छ । युरोपेली युनीयनमा आवद्ध देशहरुमा आवतजावत् सहज छ । विदेशबाट भ्रमणमा जानेहरुले पनि एउटा देशको भीसा पाएपछि युरोपेली युनीयनसम्वद्ध देशहरुमा सहजै प्रवेश पाउँछन् । यसकारण त्यहाँ कोरोना भाइरसको नियन्त्रण चुनौतीपूर्ण हुनसक्छ ।

युरोप पर्यटक गन्तव्य पनि हो । पर्यटक रोक्नु युरोपेली देशका लागि अर्थतन्त्रमा ठूलो झड्का हुनसक्छ । अर्कोतर्फ सँसारका सबै महादेशबाट युरोपमा बसाईंसराईका लागि पुग्नेहरु बढी हुँदा जनसंख्याको केन्द्र बनेको छ । युरोपमा भाइरस जति फैलन्छ अन्य देशमा पनि उत्तिनै चुनौती बढ्छ । विश्वव्यापीकरण अभियानको केन्द्र बनेको युरोप त्यसकारण पनि समस्यामा पर्न सक्ने अवस्थामा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot